|
मृतक कर्णेल शर्मा

काठमाडौं : भारतको कश्मीरमा भएको भिडन्तमा भारतीय सेना सेनाका दुई अफिरसहित पाँच सुरक्षाकर्मीको ज्यान गएको छ।

मृत्यु हुनेनमा भारतीय सेनाका कर्णेल आशुतोष शर्मा, मेजर अनुज, सब इन्स्पेक्टर शकील काजी रहेका छन्।  दुई सेनाको भने नाम खुलाइएको छैन्।

शनिबारदेखि जारी भिडन्तमा दुईजना आतंककारीको समेत मृत्यु भएको छ। आतंककारीहरु एक घरमा लुकेर बसेको थाहा पाएपछि त्यहाँ सेनाले कारबाही गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

आतंककारीहरुले घरमा रहेका मानिसहरुलाई बन्धक बनाएर राखेका थिए। उनीहरुको उद्धारका लागि सेना र प्रहरीको टोली तैनाथ गरिएको थियो ।

सुरक्षा बलले बन्धक रहेका मानिसहरुको उद्धार गरेको छ। कर्णेल आशुतोष शर्माले गत वर्षमात्र दोस्रो पटक सेनाबाट मेडल प्राप्त गरेका थिए। उनी इलाहाबादका बासिन्दा हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.