|

उत्तर र दक्षिण कोरियाका सेनाबीच गोली हानाहान भएको छ। द्विदेशीय सीमास्थित असैन्यकृत क्षेत्रमा घटना भएको हो।

उत्तर कोरियाली सेनाले गएराती दक्षिण कोरियाको सैन्य चेकपोस्टमा गोली प्रहार गरेको सियोलस्थित सैन्य मुख्यालयले जनाएको छ। घटनामा मानवीय क्षति भएको छैन। जवाफस्वरुप आफ्नो तर्फबाट पनि दुई राउण्ड फायर गरिएको दक्षिण कोरियाले जनाएको छ।

थप तनाव बढ्न नदिन उत्तरतर्फ सम्पर्क गर्ने कोशिश भइराखेको दक्षिण कोरियाले जनाएको छ। उत्तर कोरियाले गोली चलाउनुको कारण खुलेको छैन।

दुई देशबीच गत पाँच वर्षयता पहिलोपटक सीमा क्षेत्रमा गोली हानाहान भएको हो। सन् १९५३ को युद्धपछि दुई देशको सीमामा असैन्यकृत क्षेत्र कायम गरिएको थियो। 

मृत्यु भइसकेको भन्ने हल्लाका बीच उत्तर कोरियाली शासक किम जोङ उन सार्वजनिक रुपमा देखिएको २४ घण्टा बित्न नपाउँदै घटना भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.