|

काठमाडौं :  स्वास्थ्य मन्त्रालय अन्तर्गतको  स्वास्थ्य सेवा विभागले कोरोना उपचारका आवश्यक थप सामग्री समयमै ल्याउन नसक्दा देशभर पिसिआर अभाव हुने चरणमा पुगेको छ। गत वैशाख ४ गते  स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले  (कोभिड १९) को उपचारका लागि आवश्यक पर्ने पिसिआर रिएजेन्टसँगै २२ थरीका स्वास्थ्य सामग्री ल्याउन भन्दै तीनवटा कम्पनीसँग सम्झौता गरेको थियो।

तर, हाल ती कम्पनीले सामान ल्याउन सम्झौता गरिएको समय सीमा सकिँदासमेत स्वास्थ्य सामग्री ल्याएका छैनन्। स्रोतका अनुसार ती कम्पनीले आफूहरूले हवाई उडानको कारण तोकिएको समयमा सामान ल्याउन नसकेको बताएको र ल्याएको सामानमा पनि केही थान मास्‍क र ग्लोब्स मात्रै भएको बुझिएको छ।

तर, सम्झौता गरिएको कम्पनीले समयमा सामान ल्याउन नसक्दा पुन: समय थपिदिन आग्रह गरिरहेको समेत स्रोतले बतायो। स्रोतले भन्यो, ‘हामीले केही सम्झौता गरेको कम्पनीले समयमा सामान ल्याउन सकेन ल्याएको समानमा पनि मास्क र ग्लोब्स मात्रै छ।'

सम्झौता गरिएका यी हुन् तीन कम्पनी

तर, तीनवटा कम्पनीसँग  कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने पीपीई सेट, सर्जिकल तथा एन ९५ मास्क लगायतका सुरक्षा सामग्री कम्तीमा एक साताभित्र ल्याउनेगरी खरिद सम्झौता गरेको बताइएको छ। त्यो सम्झौता ३० करोड रुपैयाँ बराबरको रहेको बुझिएको छ।

विभागसँग बिहीबार सम्झौता गर्ने कम्पनीहरूमा ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ कियर रहेका छन्। यसअघि ओम्नीसँग निकै महँगोमा खरिद गर्ने सम्झौता गरेको भन्दै विवादमा परेको विभागले यी कम्पनीसँग  सामनहरू सस्तोमा आउने दाबी गरेको थियो।

यता, पछिल्लो समय कोरोना भाइरस रोकथाम र परीक्षणका लागि स्वास्थ्य सामग्री सकिँदै गएपछि  ल्याबमा गरिने पीसीआर परीक्षणका लागि आवश्यक रिएजेन्ट देशभर नै अभाव भएको थियो।

सम्झौता गरिएका कम्पनीहरूले समयमै सम्पूर्ण स्वास्थ्य सामग्रीहरू ल्याउन नसकेपछि पीसीआर परीक्षणका लागि आवश्यक किट अभाव भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.