|

उत्तर कोरियाली शासक किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगभग उस्तै संवेग भएका, तर एक–अर्कोलाई दुश्मन मान्ने खेमाका व्यक्तिहरु हुन्। ट्रम्पलाई उत्तर कोरियाको आणविक कार्यक्रम र किमलाई अमेरिकाकी हस्तक्षेप मान्य छैन। 

तर उनै ट्रम्पले उत्तर कोरियाली शासक किमको स्वास्थ्यलाई लिएर हिजो (आइतबार) एक ट्वीट गरे। सो ट्वीटमा लेखिएको छ, 'उनलाई फेरि स्वस्थ देख्न पाउँदा खुशी छु।' 

ट्रम्पले यो ट्वीट लेख्नुको कारण हो, किम गत अप्रिल १२ तारिखदेखि नै सार्वजनिक रुपमा देखिएका थिएनन्। अप्रिल १५ तारिखका दिन उत्तर कोरियाका संस्थापक तथा किम जोङका बाजे किम इल सुङको जन्मजयन्ती थियो। सो समारोहमा पनि उनी उपस्थित भएनन्।

पश्चिमा मिडियाहरुले हृदयघातका कारण उनको मृत्यु भइसकेको समाचार नै लेख्न भ्याएका थिए। करिब २० दिनपछि गत शुक्रबार किमले एक मल कम्पनीको उद्घाटनमा रिबन काट्दै गरेको फोटो सार्वजनिक भएपछि उनी जीवितै रहेको पुष्टि भयो।

किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए

किम गायब भएको यो पहिलोपटक होइन। सन् २०१४ को सेप्टेम्बरमा पनि उनी ४० दिनसम्म गायब भएका थिए। सो क्रममा पनि अनेकन अफवाह फैलिएको थियो। 
यस्ता अफवाहमध्येको एक थियो, उत्तर कोरियामा विद्रोह भएको छ र किमलाई सत्ताबाट हटाइएको छ।

अन्तरराष्ट्रिय समाचार सम्प्रेषणमा अब्बल मानिने बीबीसी नै उत्तर कोरियालाई लिएर हैरान भएजस्तो देखिन्छ। किनकी सोल संवाददाता लारा बिकर भन्छिन्, 'उत्तर कोरियाको समाचार लेख्दा सँधै सतर्क हुनुपर्छ, किनकी त्यहाँबाट आउने धेरैजसो खबर सुत्रमा आधारित हुन्छ, झन् किम जोङ उनलाई लिएर लेखिने समाचारले त सनसनी पैदा गरिदिन्छ।' 

उत्तर कोरियाको राज्यव्यवस्थाले नै गोपनीयतालाई कडाइका साथ पालना गराउँछ। त्यहाँ समाचार सुत्र भनिनेहरुबाट तथ्यमा आधारित सूचना पाउन निकै कठिन छ। जसरी अहिले लकडाउनमा बसेका मानिसहरुले फोन सम्पर्क नगरी अर्को घरको सूचना थाहा पाउन सक्दैनन। उत्तर कोरिया चाहिँ सँधैका लागि लकडाउन गरिएको घरजस्तै हो। 

यो पटक २० दिनसम्म हराउँदा किमले के गरे त? हुन सक्छ कि उनी बिरामी थिए। यो अवधिमा उनले उपचार गराएका थिए। 

यो पनि हुन सक्छ कि वोनसानमा रहेको आफ्नो बङ्गलामा बसेर किमले आफूमाथि विश्वभरबाट लगाइएको अड्कललाई लिएर हाँसिरहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.