काेराेनाकाे केन्द्र चीन बाैरिँदै, स्पेनमा भन्दा बेलायतमा धेरैको मृत्यु

|

एजेन्सी : विश्वभर कोरोना भाइरस संक्रमणका कारण २ लाख ४८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

चीनको उहान राज्यबाट फैलिएको भनिएको यो संक्रमणबाट पछिल्लो समय सबैभन्दा बढी प्रभावित बनेको देश अमेरिका हो ।जहाँ ६८ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ।अमेरिकामा करिब ११ लाख ८९ हजार मानिसमा यसको संक्रमण देखिएको छ। 

चीनबाट देखिएको कोरोना भाइरसबाट पछिल्लो समय अमेरिका तथा युरोपेली तहसनहस भएका छन्।तर चीनले यो अवस्था हाललाई पार गरिसकेको देखिन्छ।विश्वमा कोरोना संक्रमणबाट सबैभन्दा बढी मानिसको निधन भएको १० देशको सूचीबाट चीन हटेको छ।

चीनमा (यो समाचार तयार पार्दासम्म) ४ हजार ६ सय ३३ जनाको निधन भएको छ।चीनमा अन्य युरोपेली तथा अमेरिकी राष्ट्रको जस्तो कोरोना संक्रमण दर पनि नभएको देखिन्छ। 

स्पेनमा भन्दा बेलायत धेरैको मृत्यु

कोरोना संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको देश अमेरिका हो।त्यसपछि युरोपेली राष्ट्र इटालीमा सबैभन्दा बढी मानिसको ज्यान गएको छ। जहाँ करिब २९ हजारको आसपासमा मानिसको निधन भइसकेको छ र यो क्रम अझै बढ्ने देखिएको छ।

त्यस्तै इटालीपछि बेलायतमा सबैभन्दा बढी मानिसको ज्यान गएको छ।बेलायतमा २८ हजार ५ हाराहारीमा मासिनको मृत्यु भइसकेको छ। 

कोरोना भाइरसका कारण ज्यान गुमाएका विश्वका १० देश

अमेरिका, इटाली, बेलायत, स्पेन, फ्रान्स, जर्मनी, रुस, टर्की, ब्राजिल र इरान काेराेनाबाट सबैभन्दा बढी मानिसकाे मृत्यु भएकाे छ। विश्वको सबैभन्दा ठूलो राष्ट्र रुसमा पछिल्लो हप्ता हजारौंमा मानिसमा संक्रमण भेटिएको छ।तर रुसमा हालसम्म एक हजार ३ सयभन्दा बढी मानिसको निधन भएको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.