|

भारत सरकारले विदेशमा फसेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ। कोरोना संक्रमणको लक्षण नदेखिएका नागरिकहरुलाई स्वदेश फर्काउन हवाई जहाज र नौसेनाको जहाज पठाउन सरकारले स्वीकृति दिएको हो। 

विदेश मन्त्रालय र उच्चायोगले स्वदेश फर्काउनुपर्ने नागरिकहरुको सूची तयार गरेको छ। मे ७ तारिखदेखि यी यात्रुहरुलाई स्वदेश फर्काइने र स्वदेश फर्कँदा लाग्ने खर्च भने यात्रुहरुले नै ब्यहोर्नुपर्ने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

सम्बन्धित देशमा पुगेका जहाजमा राख्नुअघि यात्रुहरुको स्क्रिनिङ गरिनेछ। कोरोना लक्षण नदेखिएका यात्रुहरुलाई मात्र जहाजमा राखेर ल्याइनेछ।

स्वदेश ल्याइसकेपछि सबै यात्रुहरुलाई क्वारेन्टाइनमा राखिने र १४ दिनपछि कोरोना संक्रमण भए÷नभएको जाँच गरिनेछ। संक्रमणको लक्षण नदेखिएका यात्रुहरुलाई त्यसपछि घर जान दिइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.