१४ परीक्षणमा केबल तीन मात्रै सही

|

अमेरिकामा सटडाउनपछि एक पटक फेरि सबै कुरा खोल्नेबारेमा छलफल भइरहेको छ। यस्तोमा एन्टीबडी परीक्षणलाई यो निर्णयका लागि सहयोगी मानिएको छ।

तर यस परीक्षणमा कयौँ समस्या पनि देखिएका छन्। एक अध्ययन अनुसार अहिलेसम्म भएका कयौँ एन्टीबडी परीक्षणको नतिजा गलत आएको छ। तर पनि यस परीक्षणमार्फत कुनै व्यक्ति कोरोनाको चपेटामा पर्न सक्ने नसक्ने कुरा पत्ता लगाउने कोशिश भइरहेको छ।

अमेरिकाको खाद्य तथा औषधि प्राधिकरणले जनाए अनुसार यसबेला सबैभन्दा ठूलो मुद्दा काम फर्किने मिति बनेको छ। यस्तोमा एन्टीबडी परीक्षण, जसलाई सेरोलोजिकल परीक्षण पनि भनिन्छ। कठिन समयमा सहयोगी हुने विश्‍वास प्राधिकरणले गरेको छ।

के हो एन्टीबडी परीक्षण, यसले कसरी काम गर्छ?

जब तपाईं कुनै भाइरसको सम्पर्कका पुग्नुहुन्छ तब तपाईंको शरीरको रगत र सेलमा रहने एन्टीबडी बनाउन लाग्छ। यो एन्टीबडी प्रोटिन हुन्छ। जसले भाइरसलाई शरीर फैलनबाट रोक्छ। परीक्षणबाट एन्टीबडी शरीरमा बनिरहेको छ कि छैन भन्‍ने कुरा पत्ता लगाइन्छ। यदि यो रहेछ भने तपाईं कोभिड-१९ को सम्पर्कमा आइसकेको सम्भावना बुझ्नुपर्छ।

माउन्ट सिनाई हेल्थ सिस्टमका क्लिनिकल ल्याबोरेट्रिज तथा ट्रान्सफ्युजन सर्भिसेजका निर्देशक डाक्टर ज्याफरी झाङ्गका अनुसार आमरुपमा एन्टीबडी बन्‍नका लागि एक हप्तादेखि १४ दिनसम्म लाग्छ।

यिनको स्तर शरीरको प्रतिरक्षा प्रणाली र सम्पर्कमा आएको समयमा निर्भर हुन्छ। तर कम एन्टीबडी हुँदैमा तपाईं संक्रमित नभएको भन्‍ने चाहिँ हुँदैन। यो एक आम रक्तपरीक्षण जस्तै एउटा प्रक्रिया हो। 

यदि एन्टीबडी छ भने भाइरससँग लड्न सकिन्छ? 

पक्कासँग यस्तो भन्‍न सकिँदैन। किनकि एन्टीबडी परीक्षणबाट कोभिड-१९ विरुद्धको प्रतिरोधात्मक क्षमता पत्ता लाग्‍न सक्दैन। एन्टीबडीबाट इम्युनिटि पत्ता लाग्‍न सक्ने कुरा दाबीका साथ भन्‍न सकिने अवस्था छैन।

यस्तो हुनुको कारण कोरोना नयाँ भाइरस हो। तर पनि केही विज्ञहरुले सार्ससमेत अन्य भाइरसको अनुभवका आधारमा एन्टीबडी हुनुको मतलब केही सुरक्षित त बनाउँछ। तर यसले कति समयसम्म सुरक्षा दिन्छ भन्‍ने पत्ता लागेको छैन।

डाक्टर झाङ्गका अनुसार सबैभन्दा अफ्ठेरो त एन्टीबडीले फेरि संक्रमित हुनबाट रोक्छ भन्‍ने कुरा अहिलेसम्म पत्ता लागेको छैन। 'मलाई लाग्छ कयौँ मानिसहरुले केही घटनाका आधारमा एन्टीबडीले सुरक्षा प्रदान गर्ने ठानेका छन्', उनी भन्छन्। 

एन्टीबडी परीक्षणबाट संक्रमित पत्ता लाग्छन्?

एन्टीबडी परीक्षण कोभिड-१९ पता लगाउने परीक्षणभन्दा फरक हो र यसले तपाईं संक्रमित हो या होइन भन्‍ने कुरा यसले बताउँदैन। एन्टीबडी बन्‍न समय लाग्छ। एन्टीबडीको स्तर कम हुनुको अर्थ तपाईंको शरीरसँग भाइरसभन्दा पहिले यसलाई बनाउने समय थिएन। 

यदि एन्टीबडी छ भने सामाजिक दूरी चाहिन्छ?

हो, यदि तपाईं पोजेटिभ हो भने सामाजिक दूरीसँगै साफसफाईको नियम पालना गर्नु अतिआवश्यक हुन्छ।

यो किन जरुरी छ?

एन्टीबडीस्तरले तपाईं कोरोना भाइरसको सम्पर्कमा रहेको या नरहेको पत्ता लगाउन सहयोग गर्छ। यसको मतलब तपाईंको प्रतिरक्षा प्रणाली राम्रो छ भन्‍ने होइन। तपाईंले लगातार सावधानी अपनाउनु आवश्यक हुन्छ। तर एन्टीबडी परीक्षणबाट तपाईं कोन्भाल्यासेन्ट प्लाज्मा दान गर्न सक्ने पत्ता लगाउन सकिन्छ। यो प्लाज्मा कोरोनासँग जुधिरहेका बिरामीलाई चाँडो निको बनाउन सहयोगी ठानिएको छ।

यस परीक्षको मद्दतबाट भाइरसको दायरा पनि पत्ता लाग्छ। न्यूयोर्क सहरमा भएकव र्‍यान्डम परीक्षणमा ५ मा १ व्यक्ति कोरोनाको सम्पर्क आइसकेको तर उनलाई यो कुराको महसुस नभएको पत्ता लागेको थियो।

डाक्टर झाङ्गका अनुसार यसको अर्थ तबमात्रै पुष्टि हुन्छ जब एन्टीबडीबाट सुरक्षा हुन सक्नेमा विश्‍वस्त हुन सकिन्छ। परीक्षणबाट को मानिस काममा सुरक्षितरुपमा फर्किन सक्छ भन्‍ने पनि पत्ता लगाउन सहयोग पुग्ने उनले बताए। 

१४ मा ३ को मात्रै विश्‍वास

हालसम्म भएका १४ वटा एन्टीबडी परीक्षणको अध्ययन अनुसार केवल तीनवटा मात्रै सबैभन्दा विश्वसनीय परिणाम दिएको खुलेको छ। तर यस अध्ययनको पनि समीक्षा हुन बाँकी छ। जहाँ १४ मा एक परीक्षणले कहिले पनि गलत परिणाम दिएको छैन, उहीँ दुई परीक्षण यस्ता थिए, जसले एक प्रतिशत गलत नतिजा देखाए। यी तीन परीक्षणले शरीरमा एन्टीबडी रहेको ९० प्रतिशतसम्म पुष्टि गरेका थिए।

विश्‍ स्वास्थ्य संगठनले केही देशमा इम्युनिटी पासपोर्ट र रिस्क फ्री सर्टिफिकेटको विचारलाई उद्धृत गर्दै नीति बनाउनका लागि यी परीक्षणमा भरोसा नगर्न सल्लाह दिएको छ।

के जाँच गर्नै पर्छ?

यदि तपाईंलाई आफू कोभिड-१९ को शिकार भइसकेको लाग्यो या बितेका दिनमा लक्षण महसुस गर्नु भएको छ भने यो परीक्षण गर्नु पर्दैन। किनकि एन्टीबडी परीक्षण कोभिड-१९ पत्ता लगाउनका लागि होइन।

यो परीक्षण ती मानिसका लागि हो, जो पोजेटिभ थिए, या उनीहरु यस भाइरसबाट मुक्त भइसकेका छन्। यो परीक्षण ती मानिसमा गर्नु जरुरी छ जसलाई लाग्छ कि उनीहरु यसअघि नै कोभिड-१९ के सम्पर्कमा आएका थिए तर कुनै लक्षण देखिएको थिए।

न्यूर्योक टाइम्सबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.