|

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइन जिल्ला प्रशासन, स्वास्थ्य र जिल्ला समन्वय समितिको कार्यालयले गरेको अनुगमन गरेको छ।

विभिन्न स्थानीयत तहहरुले निर्माण गरेका ५२७ मध्ये २१ वटाको मापदण्ड अपुग भएको अनुगमन समितिले जनाएको छ। सुनकोशी गाँउपालिकाको ११ र भोटेकोशी गाँउपालिकामा १० शय्याको क्वारेन्टाईनमा मापदण्ड पूरा नभएको समितिले जनाएको छ। मापदण्ड पूरा नगरेकाले ती क्वारेन्टनाइन बन्द गरिने भएको छ।

सोमबार जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको नेतृत्वमा अनुगमनमा गएको टोलीले उक्त क्वारेन्टाइनमा आवश्यक मापदण्ड नरहेको भन्दै बन्द्य गर्ने बताएको हो।

‘क्वारेन्टाइनको नाममा  केही स्थानमा स्थानीय तहले कोठामा बेड तयार गरेको मात्रै पाइयो,’ प्रमुख तामाङले भने, ‘क्वारेन्टाइनका लागि आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन तथा मापदण्ड अनुरुप तयारी रहेको पाइएन।’

अनुगमन पछि मापदण्ड नपुगेका क्वारेन्टाइन हाललाई वन्द गरिएको जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गदत्त चापागाईँले जानकारी दिए। सुनकोशी गाँउपालिका–४ मा रहेको चार शय्या, वडा नम्बर ७ मा रहेको सात शय्या र भोटेकोशी गाँउपालिकाको १० शय्याको क्वारेन्टाइन खारेज गारिएको चापागाईले जानकारि दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.