विश्व

अमेरिका वित्तीय संकटमा, तत्काल ३० खर्ब डलर ऋण लिनुपर्ने

बैशाख २३, २०७७

    कोरोना महामारीबाट सबैभन्दा बढी प्रताडित बनिरहेको अमेरिकाले तत्काल ३० खर्ब डलर ऋण लिनुपर्ने भएको छ। यसअघि राहतमा २२ खर्ब डलर खर्च गरेकाले अमेरिकी बजेटको आकार बढेको हो। 

    अघिल्लो चौमासमा भन्दा पाँच गुणा बढी ऋण लिनुपर्ने अवस्था रहेको र यो सन् २००८ मा निम्तिएको वित्तीय संकटभन्दा पनि खराब रहेको बीबीसीमा उल्लेख छ। 

    सन् २०१९ मा अमेरिकाले कूल १२ खर्ब ८० अर्ब रुपैयाँ ऋण काढेको थियो। कोरोना महामारी निम्तिएपछि स्वास्थ्य वित्त पोषण र प्रत्यक्ष भुक्तानीका लागि त्यहाँ ३० खर्ब डलरको प्याकेज ल्याइएको छ। यो प्याकेज अमेरिकी अर्थतन्त्रको झन्डै १४ प्रतिशत हुन आउँछ।

    पछिल्लो महामारीले निम्त्याएको वित्तीय संकटसँगै अमेरिकाको ऋण २५० खर्ब डलर पुगेको छ। नगदको कमी भएपछि अमेरिकी सरकारले कर तिर्ने अवधि १५ अप्रिलसम्मका लम्ब्याएको छ।

    कोरोना प्रभावित नागरिकलाई लागि थप सहायता दिनेबारे चर्चा भइरहेपनि रिपब्लिकन सांसदहरुले अधिक खर्च र बढ्दो ऋणबारे चिन्ता जनाउन थालेका छन्। अमेरिकाले सरकारी वण्ड बेचेर ऋण लिने गर्छ। 

    कोरोना भाइरस फैलनुअघि नै अमेरिकामाथि ऋणभार थपिँदै थियो। कैयौं अर्थशास्त्रीहरुले दीर्घकालिन विकासका लागि यस्तो अवस्था निम्तिनु जोखिमपूर्ण हुने बताइरहेका थिए। 

    अमेरिकी कंग्रेसको बजेट कार्यालयले यो वर्ष ३७ खर्ब डलर बजेट घाटा हुने प्रक्षेपण गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]