बैतडी : भारतबाट उद्धार गरी क्वारेन्टाइनमा लैजााँदै गर्दा बाटोमै मृत्यु भएका पुर्चौंडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
सेती प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका जुनेको शनिवार मृत्यु भएको थियो। उनलाई पुर्चौडी–६ को क्वारेन्टाइनमा लैजाँदै गर्दा खडायत गाउँ नजिकै बाटोमा हिँड्दा हिड्दै मृत्यु भएको थियो। मृत्यु भएसँगै जुनेको स्वाब संकलन गरी परीक्षणका लागि आइतवार धनगढी पठाइएको थियो।
जुने बैशाख १८ मा भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै नेपाल आएका थिए। लामो समयदेखि दमको रोगी रहेका जुने एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ गएका थिए। लकडाउनका कारण उनी पिथौरागढमै बसेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।