राज्य सरकारले बढायो ७० प्रतिशत कर

|

नयाँदिल्ली : कोरोना भाइरसको महामारीका कारण जारी गरिएको लकडाउन केही खोकुलो पारिएपछि भारतमा मदिरा पसलहरुमा ग्राहकको लामो लाइन लागेको छ।

कोरोना भाइरसको प्रभावका आधारमा विभिन्‍न क्षेत्रलाई बर्गीकरण गरेपछि अधिकांश क्षेत्रमा मदिरा पसलहरु खुलेका छन्। हिजोदेखि नै दिल्लीसहित अधिकांश क्षेत्रमा मदिरा पसलमा ग्राहकको ठूलो लाइन लागेको छ।

सोमबार साँझदेखि दिल्ली सरकारले मदिरामा ७० प्रतिशत कोरोना विशेष कर लगाइदिएको छ। मूल्य बढ्दा पनि ग्राहकको चाप कति नघेटेको अधिकारीहरुले जनाएका छन्।

राजश्‍को ठूलो हिस्सा गुम्‍न सक्ने भन्दै अर्थविद्हरुले सरकारलाई मदिरा पसल खुला गर्न सुझाव दिएपछि सरकारले हिजोदेखि मदिरा पसलहरु खोल्ने अनुमति दिएको हो। 

ठूला डिपार्टमेन्टल स्टोरहरु भने खोल्न दिइएको छैन। यसैबीच दिल्ली सरकारले पेट्रोलमा ३ प्रतिशत कर बढाएको छ। यसअघि २७ प्रतिशत कर लगाउने गरिएकोमा आजदेखि लागू हुने गरी ३० प्रतिशत कर लगाइएको हो। 

त्यस्तै डिजेलको कर १६.७५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्‍याइएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ कोरोनाबाट संक्रमित हुनेको संख्या ४६ हजार भन्दा बढी पुगेको छ। मृत्यु हुनेको संख्या १५ सय ६८ पुगेको छ। 

त्यस्तै साढे १२ हजार मानिस उपचारपछि निको भएर घर फर्किएका छन्। भारतमा आगामी १७ मे सम्मका लागि लकडाउनको म्याद थप गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.