|

काठमाडौं : जारी कोरोना महामारीमा पाँच मुलुकले १० हजार भन्दा बढी नागरिक गुमाएका छन्‌। अमेरिका, स्पेन, इटली, बेलायत र फ्रान्स गरी यी हरेक पाँच देशमा १० हजारभन्दा धेरै मानिसहरूको कोरोना संक्रमणका कारण ज्यान गएको हो। 

अमेरिकामा अहिलेसम्म कोरोना महामारीबाट सबैभन्दा धेरै संख्यामा मानवीय हताहती भएको छ। त्यहाँ अहिलेसम्म ७० हजार ११९ जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म १२ लाख १५ हजार २९३ संक्रमित फेला परेका छन्। 

अमेरिकापछि इटलीमा जारी महामारीले धेरैको ज्यान लिएको छ। दुई लाख ११ हजार ९३८ जना संक्रमित भेटिएकामा २९ हजार ७९ जनाले ज्यान गुमाएका छन्‌।

धेरै मानिस गुमाउने मुलुकको तेस्रो स्थानमा बेलायत छ। त्यहाँ हालसम्म २८ हजार ७३४ जना संक्रमितको ज्यान गएको छ। एक लाख ९० हजार ५८४ जना संक्रमित फेला परेका छन्‌।

स्पेनमा हालसम्म दुई लाख ५० हजार ६५१ जना संक्रमित भेटिएकामा २५ हजार ६१३ जनाको ज्यान गएको छ। फ्रान्समा अहिलेसम्म एक लाख ६९ हजार ४६२ जना संक्रमित भेटिएकामा २५ हजार २०१ जनाको ज्यान गइसकेको छ।

यो सामग्री तयार पार्दासम्म विश्वभर दुई लाख ५३ हजार २८८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। संक्रमितको संख्या ३६ लाख ७३ हजार १०३ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.