|

बितेका २४ घण्टाभित्र भारतमा कोरोना भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्याले रेकर्ड कायम तोडेको छ। 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ यो अवधिमा ३,९०० जना नयाँ संक्रमित भेटिएका छन् भने १९५ जनाको ज्यान गएको छ।

भारतमा लकडाउन खुकुलो

भारतमा एकैदिनमा भेटिएका कोरोनाका नयाँ संक्रमित र ज्यान गुमाउनेहरुको संख्या अहिलेसम्मकै धेरै हो। 

हालसम्म भारतमा ४६,४३३ जना कोरोना संक्रमित पहिचान भएका छन् भने १,५५८ जना संक्रमितको मृत्यु भएको छ। 

भारत सरकारले मार्च २५ तारिखदेखि लगाएको लकडाउन गत साता (मार्च २५) देखि केही खुकुलो पारेको थियो।

लकडाउन खुकुलो पारिएपछि दिल्लीका मदिरा पसलमा लाइन

साना पसलहरु खोल्न अनुमति दिइएको छ भने रक्सी पसलहरुमा हजारौं मानिसको भीडभाड देखिएको छ। 

भारतमा लकडाउनको म्याद आगामी १७ मे सम्मका लागि थप गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.