भन्छन्‌, 'प्लेन भाडा आफैं तिर्छौं, उद्धार गरियोस्‌'

|

काठमाडौंः बंगलादेशमा रहेका करिब ८ सय जना विद्यार्थीले आफूहरु उद्धारको पर्खाइमा रहेको बताएका छन्।

चिकित्साशास्त्र अध्ययन गर्न आएका आफूहरु करिब डेढ महिनादेखि होस्टलको सेल्फ क्वारेन्टाइनमा रहेको र चाँडै नेपाल सरकारले उद्धार गरिदियोस् भन्ने पर्खाइमा रहेको विद्यार्थीहरूले बताएका छन्‌। बंगलादेशमा लकडाउन खुलेको, तर संक्रमित भेटिने क्रम बढ्दो क्रममा रहेका कारण आफूहरु जोखिममा रहेकाले नेपाली विद्यार्थीहरूले उद्धार गरिदिन सरकारसँग आग्रह गरेका हुन्‌।

आफूहरुले यसअघि नै उद्धारका लागि ज्ञापनपत्र बुझाइसकेको, तर नेपाल सरकारबाट कुनै पहल नभएको विद्यार्थीहरूले गुनासो गरेका छन्। आफ्नै खर्चमा प्लेन चार्टर गर्न र स्वदेश फर्केर क्वारेन्टाइनमा बस्न तयार रहेको भन्दै उनीहरूले तत्काल फर्कने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरिरहेका छन्‌।

हाल बंगलादेशको राजधानी ढाकामा रहेका सर्लाहीका नवीन यादवले थाहा खबरसँग कुराकानी गर्दै भने, 'हामी चिकित्साशास्त्रका विद्यार्थी हौं, सरकारले उद्धार गरिदेओस्‌, नेपालमा आएर सरकारलाई कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्छौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.