लकडाउनको खिल्ली उडाउँदै सर्वसाधारण

|

दाङ : लकडाउन कार्यान्वयनका लागि स्थानीय प्रशासन बल प्रयोग गर्न बाध्य भएको छ। 

सुरुका दिनदेखि नै दाङका अधिकांश बजारमा भीडभाड अधिक हुने भएकाले प्रहरी परिचालन गरिएको थियो। बिहान ६ बजेदेखि ९ बजेको समयमा लकडाउन नै नभएको अनुभूति हुनेगरी बजारमा किनमेल र घुमफिरका लागि मानिस सडकमा देखिने गरेका छन्। 

प्रहरीले भने लकडाउन कार्यान्वयनका लागि अनुरोध गरिरहेको हुन्छ। त्यसलाई बेवास्ता गरी सडकमा निस्केका जोकोहीलाई प्रहरीले बल प्रयोग गर्न बाध्य भएको छ। मानिसहरुले सामाजिक दूरीलाई समेत बेवास्ता गर्ने र व्यवसायीमा पनि त्यसप्रति बढी चासो नभई केवल बस्तु बिक्रीलाई प्राथमिकता नदिँदा लकडाउन कार्यान्वयनमा बिहानपख चुनौती थपिएको स्थानीयले बताउने गरेका छन्। 

त्यसैगरी प्रहरीले जिल्लाका बजारमा लकडाउन उल्लंघन गरी हिँड्नेलाई नियन्त्रणमा लिँदै आएको छ। बुधबार मात्र तुलसीपुरमा २१ जना प्रहरीको फन्दामा परेका छन्। उनीहरुलाई कोरोना भाइरस संक्रमण र यसले पार्ने असरबारे सम्झाएर प्रहरीले छाडेको थियो। अत्यावश्यक काम नपरी लकडाउनमा तुलसीपुर बजारमा हिँड्ने २१ जनालाई प्रहरीले नियन्त्रणमा लिई होल्डमा राखेर लकडाउन कडाइ गरिएको सन्देस दिएको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय तुलसीपुरले उनीहरुलाई बिहान ८ नबज्दै नियन्त्रणमा लिएर होल्डमा राखेको थियो। इप्रका तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक चक्रडम्मर पालले अत्यावश्यक कामबिनै लकडाउन तोड्नेलाई नियन्त्रणमा लिइएको जानकारी गराए। 

‘एक÷दुई घन्टा ब्रिफिङपछि उनीहरुलाई छोडिएको छ,’ इन्स्पेक्टर पालले भने, ‘अहिले प्रहरीले मात्र लकडाउनको पालना गर्नुहोस् भन्नुभन्दा हरेक नाकगरिकले आफैं बुझ्नुपर्ने कुरा हो।’  बाँकेको नेपालगन्जमा कोरोना संक्रमित बढेपछि दाङमा कडाइ गरिएको छ। तर पनि लकडाउन बेवास्ता गर्नेहरुको कमी पनि देखिँदैन। 

सवारी लिएका पासलाई पनि कडाइ गरिने

जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार अबदेखि बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सञ्चालन हुने पासप्राप्त सवारीमाथि पनि निगरानी बढाइने छ। त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाभित्र प्रवेशद्वारमा स्वास्थ्य जाँचका लागि सहायता केन्द्र सञ्चालन गरिएको छ।  

कोरोना भाइरस संक्रमणबाट नगारिकलाई सुुरक्षित राख्न उपमहानगरका चार वटै नाकामा हेल्थ डेस्क स्थापना गरिएको उपमहानगरका जनस्वास्थ्य प्रर्बद्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.