|

काठमाडौं : अखिल नेपाल फूटबल संघ एन्फाले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापासँग स्पष्टीकरण मागेको छ। सामाजिक सञ्जालमा वरिष्ठ उपाध्यक्षविरुद्ध अपशब्द प्रयोग गर्दै मानमर्दन गरेको आरोपमा एन्फाले थापासँग स्पष्टीकरण मागेको प्रवक्ता किरण राईले थाहासंचार नेटवर्कलाई जानकारी दिए। 

उनका अनुसार गत सोमबार परेको एन्फा दिवस अवसरमा उपाध्यक्षको शुभकामनालाई लिएर थापाले जथाभावी अपशब्द प्रयोग गरेको सन्दर्भमा ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न भनिएको छ। 

थापाले एन्फामा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा नेतृत्वको कार्यसमितिविरुद्ध विरोध गर्दै आएका थिए। उनको पछिल्लो कार्यलेसंघ र नेतृत्वको प्रतिष्ठामा आँच पुर्‍याउने काम गरेको ठहर गरि स्पष्टीकरण सोधिएको प्रवक्ता राईले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.