|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी कोरोना महामारी आफ्नो देशमाथिको सबैभन्दा ठूलो र खराब हमला भएको बताएका छन्।

चीनले समयमै नियन्त्रणका लागि उचित कदम चालेको भए अहिले यो भाइरसले विश्वव्यापी महामारीको रुप लिन नसक्ने ट्रम्पको दावी छ।

राष्ट्रपति ट्रम्पले अहिलेको स्थितिलाई दोस्रो विश्व युद्धका बेला जापानी बमवर्षक विमानले पर्ल हार्बरमा गरेको आक्रमण र वल्र्ड ट्रेड सेन्टरमा भएको हमलासँग तुलना गरेका छन्। कोरोना मामिला चीनलाई आरोप लगाउने कामलाई आफूले निरन्तर अघि बढाउने ट्रम्पले उल्लेख गरेको बीबीसीले जनाएको छ। 

कोरोना महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ। त्यहाँ हालसम्म १२ लाख ६३ हजार ९२ जना संक्रमित भेटिएकामा ७४ हजार ७९९ जनाको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.