सैनिक प्रवक्ता भन्छन् : पुरानै निर्णय कार्यान्वयन गरिएको हो

|

काठमाडौं : कोरोनाको त्रासमा देशभर लकडाउन चलिरहेका बेला नेपाली सेनाको कलेजले भने विद्यार्थीहरुसँग तोकिएको भन्दा धेरै शुल्क असुलिरहेको छ।

नेपाली सेनाको स्वामित्वमा सञ्‍चालित सानो भर्‍याङस्थित नेपाली सेना स्वास्थ्य विज्ञान चिकित्साशास्त्र महाविद्यालयले  एबीबीएस तेस्रो वर्षका विद्यार्थीबाट सरकारले तोकेकोभन्दा आठ  लाख रुपैयाँसम्म बढी रकम लिन थालेको हो।

वैशाख मसान्तभित्र भुक्तानी गरिसक्न निर्देशन दिँदै सेनाको मेडिकल कलेजले विद्यार्थीलाई ताकेता गरेको हो। सेनाको कलेजले एमबिबिएस तेस्रो वर्षका विद्यार्थीबाट तोकिएको शुल्कभन्दा आठ  लाख रुपैयाँसम्म बढी रकम वैशाख मसान्तभित्र लक्ष्मी बैंकमा रहेको खातामा रकम जम्मा गरेर भौचर ई-मेल गर्न निर्देशन दिएको छ।

स्रोतका अनुसार नेपाली सेना मेडिकल कलेजले बुधबार पूर्वनिर्धारित ‘स्ट्रक्चर’अनुसारको रकम वैशाख मसान्तभित्र भुक्तानी गर्न विद्यार्थीलाई निर्देशन दिएको हो।

मेडिकल कलेजका प्राचार्य सहायकरथी डा. अरुण शर्माले विद्यार्थीलाई पठाएको सूचनामा लक्ष्मी बैंकको तोकिएको खाता नम्बरमा रकम जम्मा गरेर बैंक भौचर ईमेलबाट पठाउन विद्यार्थीहरुलाई निर्देशन दिइएको हो।

सेनाले सबैभन्दा बढी छैटौँ ब्याचका विद्यार्थीबाट करिब आठ लाख अतिरिक्त रकम मागरेको छ। यता चिकित्सा शिक्षा आयोगले यसअघि उत्यका भित्रका मेडिकल कलेजले २०७३/७४ को ब्याचबाट ३५ लाख  लिन र उपत्यकाबाहिर ३८ लाख ५० हजार शुल्क लिन पाउने  नियम निर्धारण गरेको थियो।

तर हाल सेनाको स्वामित्वमा संचालन भएको मेडिकल कलेजमा सिभिलतर्फ ४२ जना अध्ययनरत छन्। सिभिलतर्फ आफ्नो कलेजमा अध्ययन गरिरहेका विद्यार्थीबाट ४२ लाख ८२ हजार सात सय १० रुपैयाँ शुल्क तोकेर सबै रकम वैशाख मसान्तभित्र जम्मा गरिसक्न निर्देशन दिइएको हो।  

छैटौँ ब्याचका विद्यार्थीले तेस्रो किस्तासम्ममा करिब ३३ लाख ६६ हजार तिरिसकेका छन्। वैशाख मसान्तसम्ममा चौथो किस्ता आठ लाख ४३ हजार तिर्नुपर्नेछ । यसपछिको पाँचौँ किस्तामा ७३ हजार तिर्नुपर्नेछ । अन्य ब्याचका  विद्यार्थीसँग भने सेनाले  सरकरले निर्धारण गरेअनुसारकै शुल्क लिइएको छ।

छैटौँ ब्याचका विद्यार्थी अहिले तेस्रो वर्षमा अध्ययन गरिरहेका छन् । उनीहरूसँग १० शीर्षकमा कलेजले शुल्क असुलिरहेको छ । मर्मत शुल्कका नाममा प्रतिवर्ष १० हजारका दरले प्रतिविद्यार्थी ५० हजार तोकिएको छ ।

थाहाखबरको सम्पर्कमा आएका तेस्रो वर्षमा अध्ययन एक विद्थार्थीले भने, ‘हामी सिभिलतर्फ अध्ययनरत विद्यार्थीबाट पटक पटक अतिरिक्त रकम लिइँदै आएको छ। हामीले यस विषयमा प्रशासनमा कुरा राख्दा 'धम्की' आउने गर्छ।'

गत मंसिरमा पनि सेनाको मेडिकल कललेजले  तोकेको भन्दा बढी शुल्क लिएको  थियो। अतिरिक्त शुल्क लिएको थाहा पाएपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले बढी शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए।

अतिरिक्त पैसा लिइएको छैन: सैनिक प्रवक्ता पाण्डे

नेपाली सेनाका प्रवक्ताले उपरति विज्ञानदेव पाण्डेले भने कुनै पनि विद्यारर्थीसँग अतिरिक्त शुल्क नलिएको दाबी गरेका छन्। उनले गत मंसिरभित्रमा तिर्नुपर्ने शुल्कका लागि मात्रै विद्यार्थीसँग ताकेता गरिएको उनले बताए। छैटौं ब्याचका विद्यार्थीबाट धेरै शुल्क असुलेको भनेर लगाइएको आरोप सत्य नभएको उनले बताए।

‘सेनाको कलेजले छैटौं ब्याजबाट धेरै पैसा लिएको भनिएको छ।तर छैटौं ब्याचका लागि हामीले  यसअघि नै गरिएको निर्णयमा अनुसार शुल्क लिइएको हो', उनले भने, 'नेपाल सकारले जे निर्णय गरेको छ, त्यस अनुसार काम गर्ने भनेका छौँ। त्यसैले हामीले सरकारको निर्णयानुसार नै अतिरिक्त शुल्क लिएका छौँ। सातौँ ब्याच र आठौँ ब्याचबाट अतिरिक्त शुल्क उठाइएको छैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.