|

काठमाडौं : कोरोनाको जोखिम बढिरहेका बेला स्थानीय सरकारले आफूखुसी नियम बनाउन थालेका छन्। काठमाडौंको चन्द्रागिरि नगरपालिकाले घर भाडामा बसेकाको अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने नियम ल्याएको छ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ ले आफ्नो क्षेत्रभित्रका घर बहालमा बसेका र हालै मात्र उपत्यकामा छिरेका सबैको कोरोना परीक्षण गर्नुपर्ने नियम लागू गरेको हो।

बुधबार एक सूचना जारी गर्दै वडा कार्यालयले कोरोनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गराउनुपर्ने भनेको छ। ‘घर बहालमा बसेका र बाहिरबाट हालै उपत्यकामा आएकाहरुको टेकु अस्पतालमा अनिवार्य आरडीटी परीक्षण गराएर रिर्पोट नेगेटिभ आएपछि मात्रै घरमा प्रवेश गराउनुहोला’, सूचनामा भनिएको छ, ‘आरडीटी परीक्षणको जानकारी अनिवार्यरुपमा वडा कार्यालयमा गराउनु होला। यदि जानकारी नगराएमा घरधनीलाई कारवाही गरिनेछ।’


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.