|

काठमाडौं : कोरोना भाइरसको महामारीसँग जुध्न रुसले अमेरिकी स्वास्थ्य सहयोग स्वीकार गरेको छ। 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अमेरिकासँग मेडिकल सहयोग लिन तयार भएको बताए।  रोयटर्सका अनुसार ट्रम्पले कोरोना महामारीविरुद्धको जारी लडाईँमा रुस थप संकटमा पर्दै गएको बताएका छन्।

आज बिहानसम्मको  तथ्यांकअनुसार कोरोनाको उच्च संक्रमणमा परेका जर्मनी र फ्रान्सलाई समेत पछि पार्दै रुस अति प्रभावित ५ देशको सूचीमा आएको छ। केही समयअघि रुसले अमेरिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो। अहिलेसम्म रुसमा कोरोनाबाट १ लाख ७७ हजार १ सय ६० जना संक्रमित भएका छन्। त्यहाँ मृत्यु हुनेको संख्या १६ सय भन्दा बढी छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १३ लाख नजिक पुगेको छ। मृतकको संख्या ७७ हजार नजिक पुगेको अधिकारीहरुले जनाएका छन्। अमेरिकामा हिजो २१ सय भन्दा धेरैको मृत्यु भएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.