काठमाडौं : भारतको महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलले किचेर १६ जना मजदुरको मृत्यु भएको छ। घटनास्थलमै १५ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते पाँचजनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
रेलको पटरी नजिकै सुतिरहेका अवस्थामा रेलले किचेको अनुमान गरिएको छ भारतीय सञ्चारमाध्यले जनाएका छन्। उनीहरु छत्तिसगढ तर्फ पैदल गइरहेको जनाइएको छ। सबै मजदुर औरंगाबादको एक स्टील फ्याक्ट्रीमा काम गर्थे। दुर्घटनाबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।