अरु देशको अनुभवले नेपाललाई जोगिन सिकायो

|

काठमाडौंः विश्‍व अहिले (कोभिड-१९) कोरोना भाइरसको त्रासले आक्रान्त छ। कोरोनाको महामारीविरुद्धको लडाईमा संसारभरका चिकित्सकहरु अग्रपंक्तिमा खटिरहेका छन्।

विश्‍वमा हजारौं चिकित्सक कोरोनाबाट संक्रमित भएका छन् भने कयौंले ज्यानसमेत गुमाइसकेका छन्। नेपालमा पनि पछिल्लो समय कोरोनाका संक्रमितहरु बढ्दो क्रममा छ। जोखिमबीच नेपाली चिकित्सक, स्वास्थ्यकर्मी पनि दिनरात कोरोना संक्रमित, सम्भावित आइसोलेटेड बिरामीको उपचारमा जुटेका छन्। क्‍वारेन्टाइनमा राखिएकाको हेरचाहमाको जिम्मेवारी पनि उनीहरुकै काँधमा छ।

नेपालकी दोस्रो कोरोना संक्रमित काठमाडौंकी प्रसिद्धि श्रेष्ठले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्तपालबाट डिस्चार्जका क्रममा गत वैशाख ६ मा डा. अनुपको खुलेर प्रशंसा गरेकी थिइन्। 

'दोस्रो कोभिड-१९ पोजिटिभका रुपमा मलाई यहाँ उपचार थालिएको थियो। अस्पतालमा २७ दिन बस्दा डाक्टरहरुको सहयोगले नै म अहिले ठीक भएँ। डा. अनुपले सुरूबाटै नआत्तिनु ठीक हुन् भनेर दिनु भएको हौसलाले ठूलो काम गर्‍यो', उनले भनेकी थिइन्। 

प्रशिद्धिले अस्पतालका निर्देशक डा. सागर राजभण्डारीको पनि प्रशंसा गरिन्। 'उहाँहरुले व्यवसायिक सहयोग मात्रै होइन, व्यक्तिगतरुपमा सहयोग पनि गर्नु भएको छ। सागरराज भण्डारी र अनुप बाँस्तोलाको भूमिका प्रशंसनीय छ', उनले सुनाइन्, 'अस्पताल आएपछि मलाई कोरोना संक्रमणको लक्षण देखिन थालेको थियो। मैले निकै कठिन अवस्थाबाट गुज्रिँदा डाक्टरहरुले दिएको हौसलाले मेरा लागि यसरी निको हुने बाटोका रुपमा काम गर्‍यो।'

यसको अर्थ कोरोनाका बिरामीलाई निको हुन आइसोलेसन बसाइसँगै चिकित्सकको पनि उत्तिकै मायाको खाँचो हुन्छ। नेपालमा पहिलो संक्रमितको उपचारदेखि हालसम्म आइपुग्दा कोरोनाविरुद्धको लडाईंका एक योद्धा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ उनै डा. अनुप बास्तोलाको पाँच महिने अनुभव उनकै शब्दमा :

गत जनवरी ३०मा कोरोना भाइरस संक्रमित पहिलो बिरामी हेरेँ। चीनबाट आएका युवकमा संक्रमण प्रमाणित भएपछि आइसोलेशनमा राखियो। आइसोलेसनमा राख्‍ने बिरामी बढ्ने देखिएपछि हामीले २३ जनवरीमै त्यसको प्रोटोकल बनाएका थियौंँ।

प्रोटोकलमा शंकास्पद बिरामीलाई सीधै आइसोलेशन वार्डमा लगेर राख्ने, त्यहाँ जाँच गरेर आवश्यक परे आइसोलेट गर्ने अन्यथा घर पठाउने भनियो। कोरोनाको उपचारका लागि प्रोटोकल तयार गरेपछि म आइसोलेशनमा खटिएँ। आइसोलेशनमा मेडिकल अफिसरसहितका साथीहरुको टीम खट्यो, जसको नेतृत्व मैले गरेँ। 

दिनचर्या

बिहान उठेर घरायसी नित्यकर्म सकेपछि अस्पताल पुग्छु। बिरामीको चाप धेरै भएका बेला म पौने ९ बजेतिरै अस्पताल पुगिसक्छु। अस्पताल पुगेर बिरामीको जाँचपड्ताल गर्न आवश्यक स्वास्थ्य पोशाक (पीपीई) लगाउँछु। त्यसपछि ड्यूटीमा खटिएका डाक्टरसँग जानकारी लिने, छलफल गर्ने गरेपछि बिरामी हेर्न थाल्छु।

अनि आवश्यक जाँच-पड्तालमा जुट्छु। आएका रिपोर्टहरु हेर्छु। सुरुका दिनमा शंकास्पद बिरामीहरु आउँदा रातिसम्म अस्पतालमै बस्थेँ। अन्य स्टाफहरुले पीपीई लगाएका छन्, छैनन् भनेर हेर्ने, लगाउने तरिका सिकाउने गरेँ। अहिले बिरामीको चाप कम भएकाले बेलुकी ४ देखि ५ बजेसम्म घर फर्किसक्छु।

घरमै रिभर्स क्‍वारेन्टाइन

कोरोना संक्रमित र शंकास्पद बिरामी आउन थालेपछि मैले घरमै पनि शारीरिक दुरी कायम गरेँ। सुरक्षाकवज लगाएपछि संक्रमणको डर हुँदैन। तर कतै चुहावट हुने डरले रिभर्स क्‍वारेन्टाइनमा बसिरहेको छु। घरमा पनि छुट्टै कोठा, बाथरुम प्रयोग गर्छु। बुवाआमा र परिवारका अरु सदस्यलाई पनि कोरोनाबाट जोगाउनुछ। त्यसैले सरसफाईमा विशेष ध्यान दिन्छु। दीर्घ रोगी वृद्धहरुलाई संक्रमण नहोस् भनेर सामाजिक दूरी कायम गरी राख्नु रिभर्स क्‍वारेन्टाइन हो। 

अस्पतालबाट फर्केपछि भर्खर १० महिना पुग्दै गरेको छोरालाई भेट्न, अंगाल्न मन लाग्छ। घर पुगेपछि सानो छोरालाई छुँदिन, टाढैबाट हेर्छु। अहिले उसको शारीरिक विकास हुने बेला छ। तोते बोली सुरु भएको छ। यस्तो बेलामा टाढा बस्नुपर्दा, उसका धेरै तोतेबोलीहरु गुमाउनुपरेको छ। तर यो अवस्थामा सरसफाई मुख्य कुरा भएकाले सीधै आफ्नो कोठामा जान्छु पोशाक परिवर्तनपछि आफ्नो सरसफाई गर्छु। 

सुरुका दिनमा त हामी टेकुका डाक्टर मात्रै थियौँ कोरोनाका बिरामी जाँच्‍ने। त्यो बेला निक्कै त्रासजस्तो थियो परिवारमा। तर अहिले अन्य ठाउँमा पनि डाक्टर साथीहरुले कोरोनाका बिरामीहरु राम्रोसँग जाँचिरहनुभएको छ। म जस्तै सबै चिकित्सकका परिवारलाई ठिकै छ भन्‍ने लाग्‍न थालेको महसुस भएको छ। 

सिकाई

हामीले संक्रमित बिरामीहरु उपचारपछि ठीक बनाएर पठाइसक्यौं। यहाँसम्म आइपुग्दा १० भन्दा बढी व्यक्तिलाई आइसोलेशन वार्डमा राखेर हेरचाह गरियो। अब पीपीई लगाएपछि जोखिम हुने रहेनछ भन्‍ने लागेको छ। हामीले दिनकै २ सय १० जनासम्मको परीक्षण गर्दा सबैको रिपोर्ट पोजेटिभ नै आउन सक्छ भन्‍ने पनि लाग्थ्यो। कतिजना शंकास्पद व्यक्तिहरुलाई त दुई-तीन पटक पनि परीक्षण गराएर हेरियो। 

अस्पतालबाट फर्केपछि भर्खर १० महिना पुग्दै गरेको छोरालाई भेट्न, अंगाल्न मन लाग्छ। घर पुगेपछि सानो छोरालाई छुँदिन, टाढैबाट हेर्छु। अहिले उसको शारीरिक विकास हुने बेला छ। तोते बोली सुरु भएको छ। यस्तो बेलामा टाढा बस्नुपर्दा, उसका धेरै तोतेबोलीहरु गुमाउनुपरेको छ। तर यो अवस्थामा सरसफाई मुख्य कुरा भएकाले सीधै आफ्नो कोठामा जान्छु पोशाक परिवर्तनपछि आफ्नो सरसफाई गर्छु।

पछिल्लो समय बिरामीहरु पनि सचेत भएका छन्। एन-९५ मास्क लगाएर बस्छन्। विश्‍वभर भइरहेका अध्ययन अनुसन्धानबारे पनि हामी छलफल गर्छौं। त्यही हिसाबले अहिले त सर्जिकल मास्क, सामान्य पीपीई लगाएर पनि बिरामी जाँच गर्न गइन्छ। पछिल्लो समय डर त्रास हट्दै गएको महशुस भएको छ। 

सबैभन्दा ठूलो कुरा टिममा काम गर्दा सजिलो हुने रहेछ। त्यसमा पनि जुनियर स्टाफहरुलाई नेतृत्व गर्दा आफूमा आत्मविश्‍वास राम्रो देखियो भने उनीहरुले पनि सहज लिने रहेछन्। टिमलाई उत्प्रेरित गर्न पाइयो, यो मेरा लागि सवल पक्ष मान्छु। पछिल्ला दिनहरुमा बाहिरतिर केसहरु आइरहँदा साथीभाइलाई सुझाव दिँदैछु। यसले आत्मविश्‍वास बलियो भइसकेको छ। डरको एक लेभल हामीले जितिसक्यौं।

अग्रभागमा बसेर कोरोना संक्रमितको उपचारमा जुटिरहेका स्वास्थ्यकर्मीहरु नै संक्रमित भएका, ज्यानै गुमाएका समाचारहरु सुन्दा निक्कै नराम्रो लाग्छ। तर हामी सबैभन्दा भाग्यमानी देशमा पर्छौँ। हामीले एक्कासि महामारीको अवस्था सामना गर्नुपरेको छैन। चीनमा एक्कासि बिरामीहरुको संख्या धेरै आयो। अन्य देशहरु पनि चीनमा मात्रै हो भनेर बसे। एक्कासि बिरामीहरु समुदायमा सिकिस्त भएर आउँदा धेरै स्वास्थ्यकर्मीले लगाउनुपर्ने सुरक्षाकवज (पीपीई)मा जसरी ध्यान दिनुपर्थ्यो, त्यो नभएका कारण संक्रमित भएका छन्। हामीले स्वास्थ्यकर्मीहरुमा कसरी संक्रमण फैलियो ? के कारण रहेछ भनेर अध्ययन गर्न पनि पायौं। 

हाम्रोमा पहिलो केस त धेरै पहिले देखिएको हो। तर अहिलेको अवस्थासम्म आउँदा अरुको अनुभव बटुल्न पायौँं। त्यसकारण सुरक्षा कवज लगाउने, फुकाल्ने, व्यक्तिगत सुरक्षाका लागि गर्नुपर्ने उपाय, ह्यान्ड हाइजिनदेखि मास्कको प्रयोग, बिरामी जाँच्दा अपनाउनुपर्ने सावधानीका जति पनि कुरा छन्। यी कुराहरु हामीले राम्ररी अध्ययन गर्न पायौं। यसका लागि हामीलाई प्रशस्त मौका मिल्यो। यसले गर्दा जति पनि गल्तीका कारण स्वास्थ्यकर्मीहरु संक्रमित भए, त्यसबाट बच्‍न अपनाउनुपर्ने सबै उपायबारे बुझ्‍न पाएकाले यो डर त्रास अब हामीमा छैन।

बिरामीको मनस्थिति 

हामीले आइसोलेशनमा सबैलाई शंकास्पद मानेरै राख्‍ने गर्छौँ। उनीहरु पनि आफू संक्रमित हो कि भनेरै बस्छन्। ज्वरो आएका कति शंकास्पदहरु विमानस्थलबाटै सिधै ल्याइन्थ्यो। रिपोर्ट आउन एकदुई दिन लाग्थ्यो। उहाँहरुले गाली गर्ने, रिपोर्ट आएन भने म जान्छु, मलाई केही भएको छैन भन्‍नुहुन्थ्यो। एकजना शंकास्पद विदेशी बिरामी आइसीयुबाटै भाग्नुभयो। 

१९ वर्षको किशोरलाई हामीले आइसोलेशनमा राख्दाखेरि खाली स्वास फेर्न गाह्रो भो भनेर पटक–पटक जाँच्नुपर्ने अवस्था आयो। जबकी उसको छातीमा कुनै समस्या थिएन। ज्वरो थिएन। मात्रै शंकास्पद रोगग्रस्त क्षेत्रबाट आएको भएर राखेका थियौं। पछि रिपोर्ट नेगेटिभ आएपछि बिरामी खुशी भएको देख्दा अचम्मित हुन्थ्यौं, ढुक्क हुन्थ्यो।

एउटा जवान मान्छेलाई भर्ना गरेर राख्यौं। भोलिपल्ट रक्तचाप नाप्दा २००/१४० पुगेको थियो। उ मिर्गौला रोगी रहेछ। तर रोगग्रस्त क्षेत्रबाट आएकोले हामीले राखेका थियौं। कहिलेकाँही कोभिड-१९ भनेर शंका गरेर राख्दा अन्य रोगका बिरामीहरु पनि हामीले हेर्नुपर्ने अवस्था आएको छ। बिरामीहरुलाई अन्य रोग पनि छ की भनेर हेर्ने, आइसोलेशनमा नजिकबाट नियाल्ने बानीले गर्दा अनावश्यक दुर्घटना हुन पाएन। किनकी कोभिड भनेर राख्दा कोही मिर्गौलाको रोगी, कोही मुटु रोगी हुन्थे। त्यस्ता बिरामीहरुलाई संक्रमित बिरामीसँगै राख्दा उनीहरुको मानसिक अवस्था, डर त्रासलाई काउन्सिलिङ गरेर, बिरामी-डाक्टरको सम्बन्ध अनुसार व्यवहार गर्थ्यौँ। 

केही बिरामीहरुलाई हामीले विश्‍व स्वास्थ्य संगठनको, हाम्रो अस्पतालको मापदण्ड अनुसार पठाउँदा पनि घरबाटै लिन नआएको, तथा समुदायबाट अनेकन लान्छना र विभेद भएको घटनाहरु देख्दा दुःख लाग्छ। एकपटक ठिक बनाएर पठाएको बिरामीलाई पनि स्विकार नगर्दा स्वभाविक रुपमा नराम्रो लाग्छ।

पछिल्लो समय हामीले आइसोलेशनमा राख्नुपर्ने, भारतबाट फर्केकै आधारमा, तराईमा गएर आएकै आधारमा घरमा राख्न दिन्‍न, अस्पतालमा राख, जाँच गराएर आइज भनेर परिवारका सदस्यले नै अस्पतालमा छाडेर, जाँचको नतिजा नआउँदासम्म घर नपठाऊँ, यही राख भन्‍ने प्रवृत्ति बढेर गएको छ। यसले साह्रै दुःख   लाग्छ। 

हाम्रोमा पहिलो केस त धेरै पहिले देखिएको हो। तर अहिलेको अवस्थासम्म आउँदा अरुको अनुभव बटुल्न पायौँं। त्यसकारण सुरक्षा कवज लगाउने, फुकाल्ने, व्यक्तिगत सुरक्षाका लागि गर्नुपर्ने उपाय, ह्यान्ड हाइजिनदेखि मास्कको प्रयोग, बिरामी जाँच्दा अपनाउनुपर्ने सावधानीका जति पनि कुरा छन्। यी कुराहरु हामीले राम्ररी अध्ययन गर्न पायौं। यसका लागि हामीलाई प्रशस्त मौका मिल्यो। यसले गर्दा जति पनि गल्तीका कारण स्वास्थ्यकर्मीहरु संक्रमित भए, त्यसबाट बच्‍न अपनाउनुपर्ने सबै उपायबारे बुझ्न पाएकाले यो डर त्रास अब हामीमा छैन।

कोभिडको अध्ययन

विश्‍वले यो रोगबारे अहिले अध्ययन गरिरहेको छ। म पनि हरेक दिन नयाँ के आउँछ? के गर्नुपर्छ? भनेर अनुसन्धान रिपोर्टहरु अध्ययन गर्ने, टिममा छलफल गर्ने गर्छु। अहिले कोभिडको औषधिबारे खोज अनुसन्धान चलिरहेको छ। ती कुराहरुको अध्ययन गर्दागर्दै मध्यरात पनि हुन्छ। विदेशमा रहेका आफ्न्तहरुसँग पनि छलफल गर्छु। रोगग्रस्त क्षेत्रमा भएका स्वास्थ्यकर्मी साथीसँग कुराकानी गर्छु।

मेरो परिवारकै दुई तीनजना अहिले बेलायत, अमेरिकामा कोभिड अस्पतालमै कार्यरत हुनुहुन्छ्। अमेरिकामा भाइ नै डाक्टर छ। उसले हेरेका बिरामीको संख्या, बिरामी हेर्ने तरिका, कस्ता लक्षण देखिएका छन्? कसरी व्यवस्थापन भइरहेको छ? के-के परिवर्तन भइरहेको छ त्यहाँको अवस्था के छ? भनेर धेरै कुरा गर्छु। जसले राम्रो कुरा मलाई यहाँ लागू गर्न पनि सहयोग पुग्छ। मुख्य कुरा अहिलेको अवस्थामा सबैभन्दा उत्तम अभ्यास, उपचार के छ? स्वास्थ्यकर्मी, बिरामीलाई बचाउन के गर्न सकिन्छ भन्‍ने विषयमा नै अध्ययन, अनुसन्धानमा दिनरात बित्छ। 

नेपालको अवस्था

सरकारका निकाय, स्वास्थ्य मन्त्रालय सबैले सक्रियता देखाएका छन्। समयमै लकडाउन लागू गर्दा यो अवधिमा जोगिने तयारी गर्ने प्रशस्त अवसर जुटेको छ। यसले गर्दा संक्रमण कुनै पनि क्षेत्रमा आएर समुदायमा स्थापित भइसकेको अवस्था छैन। जनमानसमा एक किसिमको सचेतना वृद्धि भएको छ, यसले पनि संक्रमणलाई रोकथाम गर्न मद्दत गर्दछ।

अध्ययन अनुसन्धानबाट नयाँ किसिमका औषधिहरु निस्किएका छन्। भ्याक्सिनका लागि त समय लाग्छ नै। यो तत्कालै आइहाल्ला भन्‍नेमा म ढुक्क छैन। तर हाम्रो जस्तो देशमा अपनाउनुपर्ने रणनीतिहरु हामीले अपनाइरहेका छौं। अहिलेसम्मको अवस्थामा हामी सुरक्षित छौँ.। तर, आगामी दिनमा समुदायमा पस्न सक्ने खतरा पनि छ। त्यसैले यसबाट बच्‍न हात धुने, सामाजिक दुरी कायम राख्‍ने, ह्यान्ड स्यानिटाइजिङ, अनिवार्य मास्क लगाउने कुरालाई सबै नेपालीले व्यवहारमा उतार्न सके संक्रमण हुनबाट जोगिन सक्छौँं। 

चिकित्सक-स्वास्थ्यकर्मीलाई सुझाव

ध्यान दिनुपर्ने पहिलो कुरा, आफ्नो सुरक्षाका लागि सुरक्षाकवज लगाऔं। सुरक्षाकवजका लागि सरकार, स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड पालना गरौँं। सुरक्षाकवजमा कहिल्यै पनि हेलचेक्र्याईं नगरौँ। पहिलो आफू सुरक्षित बनौं। सुरक्षित भइसकेको अवस्थामा संक्रमणको जोखिम हुँदैन। स्वास्थ्यकर्मीलाई सुरक्षित राखिसकेपछि बिरामीहरुलाई सुरक्षित राख्‍न मद्दत पुग्छ। सुरक्षाकवजसहित बिरामीको उपचार गर्नु हाम्रो दायित्व हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.