|
नेपाल-भारत सीमामा रहेको झुलाघाट पुल तरेर स्वदेश फर्कँदै नेपालीहरू । (फाइल फोटो)

जुम्ला : रोजगारीको लागी भारत गएका १२ जना हिँडेरै जुम्ला आइपुगेका छन्‌। जिल्लाको हिमा गाउँपालिका २ ओदी गाउँका १२ जना युवा एक हप्तासम्म पैदल हिँड्दै जन्मथलो पुगेका हुन्‌। उनीहरू यसअघि भारतमा अलपत्र थिए।

भारतमा अलपत्र परेपछि एक हप्तासम्म कडा संघर्षका साथ पैदलहिडरे घर पुगेको उनीहरूले बताएका छन्‌। रोजगारीका लागि १२ जनाको समूह तीन महिनाअघि ज्यालामजदुरी गर्न भारत पिथौरागढ पुगेको बुझिएको छ। उनीहरू निकै दु:खकष्ट गरेर घरमा आइपुगेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए। उनले भने, ‘एक हप्तासम्मको पैदलयात्रा पछि उनीहरू जुम्ला आइपुगेका छन्, अहिले विद्यालयमा निमार्ण गरिएका क्वारेन्टाइनमा राखिएको छ। ’

भारतको पिथौरागढ हुँदै दार्चुलाको झुलाघाट नाका भएर जुम्लाका युवाहरू घर आइपुगेका हुन। सीमापारि २१ दिनसम्म क्वारेन्टाइनमा बसेर आएको उनीहरूले बताएका छन्‌। पैदलयात्रा गरेर भारतबाट जन्मथलो पुगेको भन्दै स्थानीयले उनीहरूलाई क्वारेन्टाइनमा राख्न आग्रह गरेका छन्। उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर सतर्कता अपनाउन गाउँपालिकालाई स्थानीयले आग्रह गरेका हुन्।

वडाध्यक्ष नैनसिंह रोकायाल भारतबाट युवाहरू आएको थाहा पाउनासाथ परिवारसँग घुलमिल हुन नदिएर क्वारेन्टाइन्मा बसालेको बताएका छन्‌। क्वारेन्टाइन बसेको २१ दिन पुगेपछि कोरोना परीक्षण गरेर मात्रै यी युवाहरूलाई घर पठाउने उनले बताए।

धमाधम चोरबाटो हुँदै भारत गएकाहरू जिल्ला भित्रिन थालेपछि गाउँमा त्रास बढ्न थालेको छ। लकडाउन अवधिमा जुम्लामा १० हजार सात सय ६५ जना मानिस भित्रिएका छन्। जसमध्ये अधिकांश 'होम क्वारेन्टाइन'मा बस्ने भन्दै घर फर्किसकेका छन्। पहुँचवाला घर फर्किएको र पहुँच नभएकाहरू क्वारेन्टाइनमा दिन कटाउन बाध्य भएको जनगुनासो छ।

नेपालगञ्‍जमा कोरान संक्रमित भेटिएपछ कर्णाली प्रदेश सरकारले प्रदेशका सबै नाका सिल गरेको जनाएको छ। सरकारले नाका सिल गरिसकेको बताएपनि मानिसहरू धमाधम भित्रिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.