|

नयाँदिल्ली : उत्तर  सिक्किमको नाकु ला क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबी बीच झडप भएको छ। यस झडपमा दुवै देशका सैनिक घाइते भएका छन्। 

समाचार अनुसार दुवै देशका सैनिक यसक्रममा एकदमै आक्रमक देखिएका थिए। झडपपछि दुई देशका सेनाबीच वार्ताद्वारा तत्काललाई विवाद मिलाइएको छ।

यो घटना मुगुथाङ्ग अगाडि नाकु ला क्षेत्रमा शनिवार भएकझ हो। यो क्षेत्र ५ हजार मिटरको उचाईमा छ। एक भारतीय अधिकारीले यो घटनामा ४ भारतीय र ७ चिनियाँ सैनिक घाइते भएका छन्। 

यस झडपका क्रममा दुवै देशका १५० सैनिक सामेल थिए। सीमा विवादलाई लिएर भारतीय र चीनका सैनिकबीच यसअघि पनि सानातिना झडप हुने गरेका थिए। तर यस पटक झडप धेरै समयसम्म चलेको थियो। दुवैले यस मुद्दालाई प्रोटोकल अनुसार समाधान खोज्ने गरेका छन्। 

२०१७ मा ठूलो तनाव 

डोकलाममा भारत र चीनबीच चलेको तनाव ७२ दिनसम्म लम्बिएको थियो। १६ जुन २०१७ मा दुवै देशका सेना आमने-सामने भएका थिए। दुवै सरकारको प्रयासपछि यो विवाद २८ अगस्ट २०१७ मा सकिएको थियो। डोकलामको तनाव भएको क्षेत्रबाट भारतीय सेना पछि हटिदिएकाले विवाद समाधान भएको थियो। 

त्यसबेला तनावको शुरुआत डोका ला जनरल इलाकामा चीन र भारतको फौजमा कुटाकुटबाट सुरु भएको थियो। भारतीय सेनाले त्यहाँ चीनका सैनिकलाई सडक बनाउन रोकिदिएको थियो। चीनले आफ्नो भूगोलमा सडक बनाएको दाबी गरेको थियो।

यस क्षेत्रलाई भारतमा डोका ला भनिन्छ। भुटानमा यसलाई कलाम भन्‍ने गरिएको छ। चीनले भने यो आफ्नो डोङ्गलाङ्ग क्षेत्रकै भाग भएको बताउँदै आएको छ। भारत-चीनको जम्मू-कश्मीरदेखि लिएर अरुणाचल प्रदेशसम्म ३४८८ किलोमिटर लामो सिमाना छ। यसको २२० किलोमिटर भाग सिक्किममा पर्छ।

अगस्ट २०१७ मा भारत र चीनका सैनिकबीच लद्दाखस्थित प्यानगङ्ग उपत्यकामा पनि झडप भएको थियो। त्यहाँ दुवै देशका सैनिकले एकअर्कामाथि ढुंगा बर्साएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.