|

काठमाडौं : इरानले अमेरिकासँग कैदीबन्दी आदानप्रदान गर्नका लागि तेहरान तयार रहेको बताएको छ। यसका लागि कुनै पूर्वशर्त राखिनु नहुने धारणा तेहरानको छ। यसबारे अमेरिकी धारणा भने आइसकेको छैन।

“तेहरानले सबै इरानी र अमेरिकी कैदीबन्दीको आदानप्रदान गर्न तयार रहेको धारणा हामीले केही समय पहिले नै सार्वजनिक गरेका थियौँ,” इरानी समाचार संस्था आइएसएनएले सरकारका प्रवक्ता अलि रबीईलाई उद्धृत गरी समाचार लेखेको छ। “अमेरिका पहिलेभन्दा अहिले यो अवस्थालाई अन्त्य गर्न बढी इच्छुकजस्तो देखिएको छ,” उहाँले भन्नुभयो । इरानले कैदीबन्दी आदानप्रदानका लागि अमेरिकी प्रतिक्रियालाई पर्खिरहेको उनले बताए।

“वासिङ्टनलाई कैदीबन्दी आदानप्रदानका लागि हाम्रो तत्परताबारे जानकारी भएको छ त्यसैले कुनै मध्यस्थताको आवश्यकता छैन।” इस्लामिक गणतन्त्रले गत वर्षको डिसेम्बरमा एक अमेरिकी शिक्षाविद् सियु वाङसँग इरानी वैज्ञानिक मसोउद सुलेमानीलाई फिर्ता गरेको थियो। उक्त समय नै इरानले समानरूपमा हुने कैदी आदानप्रदानका लागि इरान तयार रहने बताएको थियो।

अमेरिकामा जैलमा रहेका आफ्ना नागरिकको स्वास्थ्यबारे इरान चिन्तित रहेको इरानी सरकारका प्रवक्ताले बताए। अमेरिकी जेलमा रहेका इरानी नागरिकलाई असल व्यवहार नभएको रबीईले दावी गर्नुभयो । अमेरिकी जेलमा रहेका इरानी वैज्ञानिकमध्ये एक सिरोअस अस्गारी विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित बनेको इरानी विदेश मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका प्रवक्ताले गत हप्ता सबै कुरा तयारी भएको र उनी छिट्टै इरान फर्किने घोषणा गरका थिए। तर उनले यसबारे विस्तृत कुरा गरेका थिएनन्। 

इरानले अमेरिकी नागरिक साइमक नमाजी, उनका पिता बाकेर र वातावरणविद् मोराद तावेजलाई जासुसी गरेको लगायतका विभिन्न आभियोग लगाई उक्त मुद्दामा दोषी ठहर गर्दै जेलमा राख्दै आएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार उच्च अमेरिकी नौसैनिक अधिकारीलाई मार्च १९ मा अस्थायी रूपमा रिहा गरेको थियो। अमेरिका र इरान दुवै मुलुकले कोरोना भाइरसको प्रकोपलाई ख्याल गर्दै कैदीहरूलाई छाड्न आग्रह गर्दैआएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.