|

काठमाडौं : विदेशमा रहेका नेपाली कोरोना संक्रमण बढ्दै गएको छ। विश्‍वमा महामारी बनिरहेको कोरोनाले प्रवासी नेपालीलाई पनि चपेटामा पार्दै लगेको हो। 

नेपालमा कसैको ज्यान नगए पनि विदेशमा ७० भन्दा धेरै नेपालीको मृत्यु भइसकेको छ। दुबईमा रहेका नेपाली टिमका पूर्व राष्ट्रिय खेलाडी रञ्जीत श्रेष्ठलाई पनि कोरोना
संक्रमण भएको छ।

उनले फेसबुकमार्फत आफूलाई कोरोना भएको पुष्टि गरेका छन्। उनले अहिले सेल्फ आइसोलेसनमा रहेको जानकारी दिएका छन्। वैदेशिक रोजगारीका दागि दुबईमा रहेका उनले फेसबुकमार्फत एक भिडियो सन्देश पोस्ट गर्दै आफूलाई कारोना पोजेटिभ भएको बताएका हुन्। 

उनले आफूलाई कोरोना भएको ५ दिन बतिसेको बताएका छन्। श्रेष्ठले जारी गरेको भिडियोमा, ‘अहिले म सेल्फ आइसोलेसनमा रहेको छु। मलाई कोरानको पोजेटिभ
भएको छ। मलाई त्यस्तोत केही जस्तो लाग्दैन। तातो पानि खान्छु, ब्यालेन्स डाइटमा बसिरहेको छु । सबै मानिसहरु पेनिक भएका होलान कोरोना भाइरसले गर्दा। आत्तिनुपर्ने केही छैन।'

उनले आफूलाई कुनै जोखिम नरहेको बताएका छन्। 'मलाई भएको चार, पाँच दिन भइसकेको छ। कफहरु केही छैन, कहिलेकाहीँ ड्राइ कफ हुन्छ। कोठमा सेल्फ
आइसोलेसनमा बसेको छु। लेमनहरु ल्याएको छु। जति पनि फेसबुकमा साथीहरु हुनुहुन्छ नडराउनु हुन आग्रह गर्दछु।'

रञ्जित अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको तेस्रो ब्याचका उत्पादन हुन्। सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टोलीमा रहेका रञ्जित राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन, त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासका समकालिन फुटबलर हुन्।

उनले नेपाली ए डिभिजन क्लबहरु फ्रेन्ड्स, एनआरटीबाट व्यवासयिक फुटबल खेलेका रञ्जित नेपाली यू १६ मा आफ्नो समयमा कप्तानी समेत गरेका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.