|

बर्दिया : ठाकुरबाबा नगरपालिकाले राहतको साटो रोजगारको योजना ल्याएको छ। 

लकडाउनका कारण रोजगारी गुमाएका र साँझ बिहानको छाक टार्न मुस्किल हुने वर्गलाई लक्ष्य गरी स्थानीय तहभित्रै रोजगारीको अवसर दिने नगरप्रमुख घननाराण श्रेष्ठले जानकारी दिए।

रोजगारको योजनामा आबद्ध हुन नगरपालिकाले सोमबारदेखि ५ दिने सूचना जारी गरेको छ। नगरपालिकाका ९ वटै वडामा सञ्चालन गरिने बताइएको छ। रोजगार योजनामा एक घरबाट एक व्यक्ति समावेश गराइने बताइएको छ। 

रोजगारीका लागि आवेदन दिने व्यक्ति स्वयम नै रोजगारमा सहभागी हुनुपर्ने, १६ वर्ष पूरा भई ५९ वर्ष ननाघेको, प्रधानमन्त्री रोजगार कार्यक्रममा नभएका परिवारका व्यक्तिलाई रोजगार योजनामा समावेश गराइने प्रशासकीय अधिकृत रामहरि रिजालले बताए। 

रोजगारमा सहभागी हुने व्यक्तिले वडा कार्यालयले तोकेको काम गर्नुपर्ने छ।लकडाउनका कारण रोजगार गुमाएर घरमा बस्नुपर्दा खाद्यान्न अभाव भएका परिवारलाई रोजगार योजनामा समावेश गरिने नगरप्रवक्ता श्यामलाल थारूले जानकारी दिए।

लकडाउनका कारण रोजगार गुमाएका घरपरिवारमा खाद्यसंकट टार्न वडास्तरमै रोजगारीका योजना ल्याइएको नगरप्रमुख श्रेष्ठले बताए।  नगरपालिकाको ९ वटै वडामा गरी झण्डै १ करोड रुपैयाँको रोजगार योजना ल्याउने प्रमुख श्रेष्ठले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.