रोजगारी बढाउनुपर्नेमा सांसदहरुको जोड

|

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेकै अवस्थामा विदेशमा अड्किएका नेपालीहरुलाई ल्याउन नसकिने बताएका छन्। लकडाउनका कारण विदेशमा फसेका ४ लाखभन्दा धेरै नेपालीको अवस्थामाबारे सोमबार बसेको राष्ट्रियसभाको बैठकमा कुरा उठेपछि खतिवडाले यस्तो भनेका हुन्। 

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमासमेत विदेशमा अलपत्र परेका नेपालीको उद्दारका लागि सांसदहरुले आवाज उठाएपछि जवाफ दिँदै उनले यस्तो बताएका हुन्। 

'अहिलेकै अवस्थामा विदेशमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन सकिँदैन',  सांसदले राखेका प्रश्‍नको जवाफ दिँदै सरकारका प्रवक्ता एवम् अर्थ तथा संचाररमन्त्री खतिवडाले भने। 

आजको बैठकमा कोरोना भाइरसको महामारीका कारण लकडाउन भएपछि अर्थतन्त्रमा पारेको असर र सहकारी क्षेत्रको भैमिकाका विषयमा छलफल भएको थियो।  

राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकतालाई 'मन चिन्तित झोला'को संज्ञा दिएका छन्। 

उनले स्वदेशमै बेरोजगार बनेका तथा विदेशबाट फर्कनेलाई रोजगारी सिर्जना गर्ने र कृषि उत्पादकत्व बढाउनुपर्नेमा जोड दिएका थिए। उनले रेमिट्यान्स बढाउने गरि प्राथमिकता निर्धारण गर्न सुझाव दिएका थिए।

त्यसैगरी राष्ट्रियसभाका अन्य सदस्यहरुले पनि विदेशमा अड्किएका नेपालीलाई ल्याउनेतर्फ सरकारको ध्यान जान नसकेको गुनासो गरेका थिए। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिनअघि तत्काल ल्याउनुपर्ने नेपालीको संख्या एक लाख ३० हजार रहेको बताएका थिए। त्यस्तै अन्य चार लाखले पनि घर फर्किन चाहेको उनले जानकारी दिएका थिए। 

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.