|

ओखलढुंगा : लकडाउनका समयमा ओखलढुंगाका युवा सडक मर्मतमा लागेका छन् । लम्बिएको लकडाउनका कारण ओखलढुंगाका सर्वसाधारण प्रायः घरभित्रै छन् । तर जिल्लाका कतिपय स्थानीय भने लकडाउनलाई अवसरका रुपमा लिँदै छन्। 

युवाहरु सामाजिक दूरी कायम राख्दै स्थानीय विकास जुटिरहेका छन्। लिखु गाउँपालिकाले विनियोजित १२ लाख रुपैयाँ बजेटमा नयाँ सडक निमाण गरिसकेकोछ। तर पुरानो सडकमा यातयात सञ्चालन गर्न अवरोध हुन थालेपछि वडा नं. ६ गाम्नाङटार खाल्टेका ७५ जनाभन्दा बढी युवा सडक मर्मतमा जुटेका छन्। 

गत वर्ष नयाँ सडक बने मर्मत नभएकाले स्थानीय युवामा त्यसमा लागिपरेका वडा नं. ६ का अध्यक्ष तिटकाराम क्याप्छाकी मगर बताउँछन्। मगर समुदाय रहेको यस वडा विकासमा पछि परेपछि पछिल्लो समय युवाहरु विकासमा खटिएका उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.