यात्रुलाई राखियो क्‍वारेन्टाइनमा

|

ओखलढुंगा : खोटाङको दिप्रुङ गाउँपालिकामा देशका विभिन्न स्थानबाट आउनेलाई नियन्त्रणमा लिन थालेको छ। कोरोना संक्रमणको आशंकामा उनीहरुलाई गाउँपालिकाले नियन्त्रणमालिई क्वारेन्टाइनमा राख्न थालेको हो । 

पछिल्लो समय विराटनगरबाट  यात्रु लिएर आएको निजि सवारीलाई नियन्त्रणमा लिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । 

जिल्ला प्रशासन कार्यलय मोरङबाट सवारी पास लिई विराटनगरबाट ८ जना यात्रु बोकेर आएको को १ च ९८०३ नम्बरको सवारी प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।

यात्रुसहितको सवारी आएको सुचनाका आधारमा प्रहरी चौकी याङ्सोलाटारले गाडी नियन्त्रणमा लिएको उनको भनाई छ। त्यस्तै गरी गाउँपालिकाले विरामी बोक्ने एम्वुलेन्समा यात्रु बोकेकाले एउटा एम्बुलेन्स पनि नियन्त्रणमा लिएको छ। 

जिल्लाका विभिन्न स्थानबाट अन्यत्र जान हिँडेका ४ मोटरसाइकल पनि नियन्त्रणमा लिएको गाउँ पालिकाले जनाएको छ। आइतबार र सोमबारमा ४ मोटरसाइल एक  यात्रुबाहक जीप तथा एउटा मोटरसाइकल नियन्त्रणमा लिएको र सवारी चालकसहित सबैजनालाई नियन्त्रणमा लिई २१ दिन क्वारेन्टिनमा राखिने गाउँपालिकाले जनाएको छ। 

गाउँपालिकामा हाल ८४ शैय्याको क्वारेन्टाइन रहेको र हालसम्म ६४ जना क्वारेन्टाइनमा रहेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.