|

धरान : भारतीले नेपाली भूमि मिचेर सडक बनाएकाे विराेधमा धरानमा प्रदर्शनमा उत्रिएका नेविसंघ समर्थित विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धरानको महेन्द्र बुहमुखी क्याम्पसबाट नेविसंघको जुलुस निस्किएको थियो। प्रहरीले क्याम्पसबाटै निस्किन नदिने तयारी गरे पनि विद्यार्थीहरू नारा जुलुस गर्दै भानुचाेकसम्म आएका थिए।

भानुचाेक आएपछि भने विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरुमा दोर्ची शेर्पा, टकेन्द्र राई, विनोद आलेमगर, विमल बुढाथोकी, अजित लिम्बू, अजय लिम्बू, कृष्ण बडू र उत्तम राईलगायत रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.