सीमा क्षेत्रबाट सामान ल्याउँदा जरिवाना

|

बारा : बारामा लकडाउन समयमा फलफूल विक्री गरेका दुईजना व्यापारीलाई क्‍वारेन्टाइनमा राखिएको छ। संक्रमित क्षेत्रबाट प्याज आयात गरेका व्यवसायीलाई पनि क्‍वारेन्टाइनमा राखिएको छ। 

निजगढ नगरपालिका–९ बजार क्षेत्रमा ठेला र सटरबाट फलफूल विक्री गरेका स्थानीय व्यापारी दिलीप साह र रन्जेश साहलाई बुधबार क्‍वारेन्टाइनमा राखिएको हो।

भारतीय सीमा क्षेत्र रौतहटको गौरबाट प्याज आयात गरेका महाकाली सब्जी भण्डारका सञ्चालक भगीरथ साहलाई १० हजार जरिवाना गरेर क्‍वारेन्टाइनमा राखिएको हो।

नगरपालिकाको निर्णय उल्लङ्घन गर्दै महेन्द्र राजमार्गभन्दा तल्लो भारतीय सिमाना नजिकका क्षेत्रबाट सामाग्री आयात गरेको भन्दै सब्जी भण्डालाई सिल गरिएको छ। 

निजगढका मेयर सुरेश कुमार खनालसहितको अनुगमन टोलीले उक्त पसललाई सिल गर्दै जरिवाना गरेको हो। तीनै व्यावसायीलाई निजगढ–८ स्थित निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा निर्माण गरिएको क्‍वारेन्टाइनमा राखिएको छ।

नगरपालिकाले स्वास्थ्य सामाग्रीबाहेक खाद्यवस्तु, तरकारी, फलफूल नगरमा भित्र्याउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ। त्यसैगरि औषधि पसलबाहेक सम्पूर्ण खाद्यबस्तु, तरकारी, फलफूल, हार्डवेयर लगायतका पसल तथा ठेला बन्द गर्ने निर्णय गरेको थियो। 

नगरपालिकाको छलफलमा स्टकका फलफूल १२ बजेसम्म विक्री गर्न दिने समझदारीपिछ विक्री गर्दा आफूलाई पक्राउ गरेर क्‍वारेन्टाइनमा राखेको व्यावसायी दिलीप साहले गुनासो गरे। 

लकडाउन उलंघन गरेमा संक्रमण ऐन २०२० अनुसार कारवाही गर्नुपर्नेमा क्‍वारेन्टाइनमा राखिएकोमा आश्चर्य लागेको व्यवसायिले जनाएका छन्। 

सतर्कता बढाइयो

बारासहित छिमेकी जिल्ला पर्सामा कोरोना भाइरस संक्रमितको संख्यामा उच्च वृद्धि भएपछि निजगढ नगरपालिका कोरोना भाइरस विपद् अनुगमन तथा समन्वय समितिले लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न सतर्कता बढाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.