|

उदयपुर : प्रेस संगठन उदयपुरले ५७ जना पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ। 

त्रियुगा नगरपालिका–३ भुल्केका ३२ जनालाई कोरोना संक्रमण भएपछि त्यस क्षेत्रमा रिपोर्टिङमा खटिएका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको प्रेस संगठन उदयपुरका जिल्ला संयोजक गणेश उप्रेतीले बताए।

उप्रेतीका अनुसार प्रतिपत्रकार टिसर्ट, १५ थान माक्स, दुई थान सेनिटाइजर, एक थान चस्मा, १० जोर ग्लोब्स, एक थान क्याप र एक थान परिचयपत्र झुन्ड्याउने फित्ता र छाता वितरण गरिएको छ।

कोरोना प्रभावित क्षेत्रमा पुगेर नियमित रिपोर्टिङ गर्ने सबै पत्रकारको सुरक्षाका लागि स्वास्थ्य सामग्रीहरु वितरण गरिएको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.