|

बारा : प्रदेश २ मा पनि केही पत्रकारलाई कोरोना संक्रमण भएको पाइएको छ। उनीहरु अहिले अस्पतालमा उपचार गराइरहेका छन्। आज बाराका केही पत्रकारले पनि स्वाब परीक्षण गराएका छन्। 

नेपाल पत्रकार महासंघ बाराको पहलमा जिल्ला अस्पतालमा प्रदेश सरकारको सहयोग र नारायणी उपक्षेत्रीय अस्पतालको समन्वयमा ४० जना पत्रकारको स्वाब संकलन गरिएको छ। 

पहिलो चरणमा ४० जनाको र बाँकी पत्रकारको एक÷दुई दिनमा परीक्षण गरिने नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्यायले बताए। यसअघि पर्साका पत्रकारको स्वाब परीक्षण गरिएको थियो।  

केही तस्बिर

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.