जिल्ला अस्पताल लैजाने तयारी

|

बारा : जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा कार्यरत एक जना प्रहरी जवानमा कोरोन संक्रमण भएको छ।

जिल्ला प्रहरी कार्यलयको मुद्दा फाँटमा कार्यरत प्रहरीलाई कोरोना चेकजाँच गरेको रिपोर्ट शनिवार आएको रिपोर्टमा कोरोना पोजेटिभ भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी गराएका छन्।

‘दुईजना प्रहरीमा गरिएको परीक्षणमा एकजनामा पोजेटिभ र अर्का एक जनामा नेगेटिभ आएको छ,’ प्रजिअ पण्डितले भने, ‘उनी अहिले जिल्ला प्रहरी कार्यालयमै छन्।’ संक्रमित प्रहरी जवानलाई जिल्ला अस्पताल कलैयामा लैजाने तयारी भईरहेको प्रजिअ पण्डितले जानकारी दिए।

उनलाई ज्वारो आएकोले वीरगञ्जमा गएर कोरोनाको चेकजाँच गराएका थिए । कार्यालयमा संक्रमित देखिएपछि जिल्ला प्रहरी कार्यलयलाई सेनिटाइज गर्ने काम भइरहेको छ। 

उनको सम्पर्क आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ्ग भइरहेको उनले बताए। प्रारम्भीक रुपमा ३० जना सम्पर्कमा आएको बुझिएको उनले बताए। जिल्ला प्रहरी कार्यालयमा कार्यरत उनी जिल्ला बासी भने नभएको प्रहरी स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.