|

भद्रपुर (झापा) : कचनकवल गाउँपालिका–७ मा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। 

मृत्यु हुनेमा अन्दाजी ८० वर्षीय वृखबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। शनिबार साँझ घर नजिकैको दिपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका वृद्ध राईलाई हात्तीले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

राई शवलाई मेची अञ्चल अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी आफन्तजनलाई जिम्मा लगाइने जनाइएको छ। यसअघि पनि कचनकवलमा हात्तीको आक्रमण परी एकजनाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.