अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि चीनमाथि खनिएका छन्।
विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघ र विश्व व्यापार संगठनजस्ता संस्थाहरुलाई चीनले निकै कम रकम दिने गरेको ट्रम्पको दावी छ। चीनले आफूलाई कथित ढंगले विकासशील देशको सूचीमा राखेर विश्वका लागि गर्नुपर्ने योगदानबाट पन्छिएको ट्रम्पको ट्वीटको आशय छ।
'चीनलाई अमेरिका या अन्य देशको तुलनामा निकै धेरै सहुलियत दिने गरिएको छ,' ट्रम्पले ट्वीटरमा लेखेका छन्, 'तर चीनबाट फैलिएको अहिलेको महामारीअघि हाम्रो अर्थव्यवस्था अरुभन्दा निकै अघि थियो, हामी निकै छिटो फेरि सोही स्थानमा आइपुग्नेछौं।'
Why is it that China, for decades, and with a population much bigger than ours, is paying a tiny fraction of $’s to The World Health Organization, The United Nations and, worst of all, The World Trade Organization, where they are considered a so-called “developing country” and...
— Donald J. Trump (@realDonaldTrump) May 16, 2020
तपाईंको ईमेल गोप्य राखिनेछ ।