|
तस्बिर स्रोत : गुगल ।

सिन्धुली : सिन्धुलीको फिक्कल गाउपालिका स्थित सुनकोशी नदीमा आईतवार पौडी खेल्नेक्रममा डुबेर दुई जना बेपत्ता भएका छन्।

फिक्कल गाउँपालिका-४ कुईभिरस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा सुर्खेत जिल्ला पंचकोटी नगरपालिका-७ घर भई हाल फिक्कल गाउपालिका-४ खाङसाङ क्षेत्रमा बस्दै आएका १९ वर्षीय दिनेश बुढा क्षेत्री र सोही ठाउँका २० वर्षीय जनक बुढा क्षेत्री बेपत्ता भएका हुन्।

उनीहरू फिक्कल गाउँपालिका-४ खाङसाङमा मिस्त्री काम गर्दै आएका थिए। बेपत्ताहरूको खोजीका लागि खाङसाङ प्रहरी चौकीका चार जना र इलाका प्रहरी कार्यालय सिन्धुलीका सात जना प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.