|

हेटौंडा : मकवानपुरमा लकडाउन उल्लघंन गरी चलाइएका ५ हजार २ सयभन्दा बढी सवारी कारवाहीमा परेका छन्।लकडाउनको ५५ दिन आइपुग्दा स्कुटर, मोटरसाइकल, कार, अटोलगायत कुल ५ हजार २ सय ५ सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

जिल्ला प्रहरी प्रवक्ता सुजन पाठकका अनुसार आइतबार मात्रै १ सय ९६ सवारी साधन कारवाहीमा छन्। जसमा १ सय ६७ वटा मोटरसाइकल र २९ वटा अटो छन्। नियन्त्रणमा लिइएका सवारीसाधनको आवश्यक कागजपत्र चेक गरेर केही समयपछि छाड्ने गरेको प्रहरी प्रवक्ता पाठकले बताए । नियन्त्रणमा लिइएका सवारीबाट कुनै प्रकारको राजस्व संकलन नगरिएको उनको भनाइ रहेको छ ।

१ सय १४ जना पक्राउ

यस्तै प्रहरीले आइताबारसम्म लकडाउन उल्लंघन गर्ने १ सय १४ जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएर सामान्य कारवाही गरी छाडिएको बताएको छ। लकडाउनको समयमा पनि अनावश्यक रुपमा हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कोरोना भाइरसबारे जानकारी दिनुका साथै हात धुन लगाउँदै छाडिएको प्रहरी प्रवक्ता पाठकले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.