|

दाङ :  दाङमा बैंक तथा वित्तीय संस्थाहरु खुल्न बार र समयको निर्धारण गरिएको छ।

जिल्लाको तुलसीपुर, घोराही र लमही क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरु खोल्न जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले बार र समय तोकेको हो।

तुलसीपुरमा बैंक तथा वित्तीय संस्थाहरु आइतबार, मंगलबार र बिहीबार बिहान १० देखी दिउँसो २ बजेसम्म खोल्न दिइने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।

त्यसैगरी, घोराही र लमहीमा साताको २ दिन सोमबार र बिहीबार विहान १० देखी दिउँसो २ बजे सम्म खुल्न दिने निर्णय भएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।

कोरोना संक्रमणको रोकथामका लागि चालिएका नियम र सजगतालाई अनिवार्य पालना गर्दै सेवा लिन र सेवा दिन समेत समितिले आग्रह गरेको छ। साथै बैंक तथा वित्तीय संस्थाहरुलाई भीडभाड हुन नदिन र भौतिक दुरी कायम गर्ने विषयमा बैंक तथा सेवाग्राहीलाई आग्रह गरिएको छ। 

यस अघि दाङमा खाद्यान्न र निर्माण सामाग्री खरिदका लागि पनि बार र समय निर्धारण भैसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.