|

एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्या आकासिएको छ। गत २४ घण्टामा भारतभर ५ हजार २ सय ४२ संक्रमित थपिएका छन्। यो एक दिनमा भएको हालसम्मकै उच्च वृद्धि हो। 

भारतमा अहिलेसम्म ९६ हजार १ सय ६९ जनामा संक्रमण देखिएको छ। संक्रमितको संख्या एक्कासि बढेपछि लकडाउन अझै कडा पारिने अनुमान गरिएको छ। विज्ञहरूले अर्थतन्त्र ध्वस्त हुनसक्ने चेतावनी दिएपछि सरकारले लकडाउन खुकुलो पार्ने योजना ल्याएको थियो। भारतमा काेराेनाका कारण ज्यान गुमाउनेका संख्या ३ हजार २९ पुगेकाे छ।

भारतकाे महाराष्ट्रमा मात्रै ३३ हजारभन्दा बढीमा संक्रमण फैलिएकाे छ। त्यहाँ करिब १ हजार २ दुई सयकाे संख्यामा मानिसकाे मृत्यु भइसकेकाे छ। पछिल्ला ६ दिनमा भारतमा संक्रमितकाे संख्या उकालाे लागिरहेकाे छ। हिजाे आइतबार मात्र देशभर ५ हजार १५ जना नयाँ काेराेना संक्रमित थपिएका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.