|

सिन्धुली : जिल्ला अस्पतालमा सोमबार गरिएको ¥यापिट डाइग्नोस्टिक टेस्टमार्फत २० जनामा कोरोना भाइरस  पोजिटिभ देखिएको छ। सिन्धुली अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मी, कर्मचारी र अन्य ८ जना जिल्लाका सरकारी कर्मचारीको रिपोर्ट पोजेटभ आएको हो। 

जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहका अनुसार आरडिटी गरिएका १ सय ५९ जनामध्ये २० जनाको रिपोर्ट पोजेटिभ आएको हो। पोजेटिभ देखिएका २० जनाकै पिसिआर परीक्षणका लागि मंगलबार थ्रोट स्वाब संकलन गरेर पठाइने तयारी भइरहको शाहले बताए। 

सिन्धुली अस्पतालका प्रवक्ता डाक्टर प्रसन्नराज भण्डारीका अनुसार अस्पतालमा कार्यरत १२ जनामा आरडिटी पोजेटिभ देखिएपछि अस्पतालमा सुरक्षामा कडाइ गरिएको छ। अस्पतालमा अहिले अत्यावश्यकबाहेक अरु बिरामीहरुलाई प्रवेशमा रोक लगाइएको अस्पताल विकास समितिका अध्यक्ष प्र्रह्लाद पोख्रेलले बताए। 

पोजेटिभ देखिएकाहरुको स्वाब संकलन गरेर हेटौंडा अथवा काठमाडौं पठाइनेबारे छलफल भइरहेको छ। उनीहरुलाई क्‍वारेन्टाइनमा राखिने अस्पताल विकास समितिका अध्यक्ष पोख्रेलले बताए। 

तर क्‍वारेन्टाइन मापदण्ड अनुसारको नहुँदा समस्या भएको उनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.