|

धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको भन्दै वीपीको प्रसूति विभागलाई सिल गरिएको छ।

आइतबार धनकुटामा कोरोना देखिएकी महिला स्वास्थ्यकर्मीले रेफर गरेको केही बिरामी उपचारमा आएको भन्दै प्रतिष्ठानको सोमबारदेखि प्रसूति विभाग सिल गरिएको हो।

प्रतिष्ठानका प्रसूति विभाग प्रमुख डा. मोहनचन्द्र रेग्मीका अनुसार हाल प्रसूति विभागमा भर्ना भएका बिरामीलाई तत्काललाई डिस्चार्ज र भर्ना गर्न बन्द गरिएको छ। धनकुटा अस्पतालबाट रेफर भएकी बिरामी गएको शुक्रबारदेखि प्रतिष्ठानको गाइनो वार्डमा उपचाररत थिइन्।

प्रतिष्ठानका अनुसार महिलाको पिसिआर रिपोर्ट नआएसम्म गाइनो वार्डमा नयाँ बिरामी भर्ना पनि नगरिने र डिस्चार्ज समेत नदिने भएको हो। उनको अप्रेसन गरिएको र घाउमा संक्रमण भएपछि प्रतिष्ठानमा भर्ना गरिएको थियो। धनकुटाकी संक्रमित स्वास्थ्यकर्मीलाई उनैबाट कोरोना संक्रमण भएका हुनसक्ने धनकुटा अस्पतालले आशंका गरेपछि प्रतिष्ठानको प्रसूति वार्ड सिल गरिएको हो।

उनको अहिले पनि ज्वरो आइरहेकोले आशंका गरिएका बिरामीलाई प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएको डा. रेग्मीले जानकारी दिएका छन्। यसै गरी अर्को बिरामी पनि धनकुटाकै संक्रमितले रेफर गरेकोले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति विभागमा कोरोनाको उच्च जोखिम भएकोले सिल गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.