|

म्याग्दी : कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि म्याग्दीमा लकडाउनलाई थप कडाइ गरिएको छ। लकडाउनका समयमा यहाँ सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुले आलोपाले सेवा दिने भएका छन्।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले बैंक तथा वित्तीय संस्थाहरुलाई कार्यतालिका बनाएर आफ्नो पाले परेको दिनमा मात्र सेवा प्रवाह गर्न निर्देशन दिएको छ। यसअघि बैंक तथा वित्तीय संस्थाहरु हरेक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भैरहेका थिए। 

प्रशासनको तालिकाअनुसार हरेक दिन सीमित बैंक तथा वित्तीय संस्थाहरु मात्र बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको छ। बैंक तथा वित्तीय संस्था सञ्चालन हुँदा बजारमा धेरै चहलपहल हुने गरेकोमा यो निर्णयसँगै प्रहरीले गस्ती बढाउने तयारी गरेको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन नाकामा चेकजाँच कडाइ गरिने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ। बेनीसहित ग्रामीण भेगमा हुने अनावश्यक आवतजावत, सर्वसाधारणको हिँड्डुल र जिल्लाभन्दा बाहिर चल्ने सवारीमा दिने गरिएको पासलाई कडा बनाइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.