|

इलाम : इलाममा सोमबार राति एक युवतीले बुबाको हत्या गरेकी छन्। इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फूलबहादुर राईको हत्या गरेकी हुन्। 

शान्तिडाँडाको गोरेडाँडाका ५२ वर्षीय फूलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झगडा भइरहने गरेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय मंगलबारका प्रहरी निरीक्षक राजकिशोर शाहले बताए। उनका अनुसार रातको समयमा झगडा हुँदा छोरीले नै हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

घरमा जेठी छोरी सुष्मा साथै उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि पनि झगडा भएको थियो। फूलबहादुरको टाउकोमा चोट देखिएको छ। टाउकोमा चिर्पट प्रहार गरेर हत्या गरेको हुनसक्ने बताइएको छ।

‘गहिरो चोट नदेखिएका कारण धारिलो हतियार प्रयोग नभएको हो कि जस्तो छ, अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक शाहले भने। कान्छी छोरी र ज्वाइँसमेत शान्तिडाँडा घरमा आएको र आइबार दिउँसो पनि झगडा भएपछि गाउँमा सुत्न गएको बताइएको छ।

घटनास्थलमा प्रहरी पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। छोरी सुष्मा बेलुकैबाट फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.