|

काठमाडौं : देशभर हालसम्म कुल एक लाख ७ हजार २ सय ५३ वटा कोरोना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर विधिमार्फत ३२ हजार ६ सय ४ वटा र र्यापिड डाइग्नोष्टिक (आरडिटी) विधिमार्फत ७४ हजार ६ सय ४९ वटा परीक्षण गरिएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा आरडिटीबाट ५ हजार ८९ वटा र पिसिआरबाट २ हजार २ सय ८० वटा गरी ७ हजार ३ सय ६९ वटा परीक्षण गरिएको जानकारी दिएका छन्।

आरडिटीविधिमार्फत सातै प्रदेशमा गरिएको परीक्षणअनुसार सबैभन्दा कम परीक्षण प्रदेश २ मा गरिएको छ। जहाँ ९ हजार २ सय १६ वटा परीक्षण भएका छन्। सबभन्दा वढी  सुदूरपश्चिम प्रदेशमा १८ हजार ८ सय ६० वटा परीक्षण गरिएको छ । यसैगरी बाग्मती प्रदेशमा १३ हजार १ सय ९७ वटा, प्रदेश १ मा ९ हजार ४ सय ७३ वटा, गण्डकी प्रदेशमा ६ हजार ९ सय ५७ वटा, प्रदेश ५ मा ९ हजार ३ सय ५३ वटा र कणार्ली प्रदेशमा ७ हजार ५ सय ९३ वटा परीक्षण भएका छन्। 

मंगलबारको अपडेटअनुसार देशभर क्वारेन्टाईनमा बस्नेहरुको संख्या २१ हजार ६ सय २३ जना रहेको छ । जसअनुसार प्रदेश १ मा १ हजार १ सय ७८ जना, प्रदेश २ मा ३ हजार ४ सय ८१ जना, बाग्मति प्रदेशमा ३ सय ३२ जना, गण्डकी प्रदेशमा ३ सय ५९ जना, प्रदेश ५ मा १३ हजार ६ सय ३८ जना, कणार्ली प्रदेशमा ६ सय ९९ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ९ सय ३६ जना रहेका छन्। 

मंगलबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता देवकोटाले संक्रमित र सम्भावित संक्रमित गरी कुल ४ सय ५७ जना आईसोलेशनमा रहेको बताए। तीमध्ये काठमाडौँ उपत्यकामा १७ जना र उपत्यका बाहिर ४ सय ४० जना रहेका छन्। आइसोलेसनमा प्रदेश १ मा ४० जना, प्रदेश २ मा १३७ जना, बाग्मति प्रदेशमा ७८ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा १८८ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेको छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.