समाज

दैलेखको ठाटिकाध गाउँपालिका सिल

जेठ ६, २०७७

    दैलेख : कर्णाली प्रदेशमा कोरोनाका पहिलो संक्रमित आठबिस नगरपालिकामा फेला परेसँगै सीमा जोडिएको ठाटिकाध गाउँपालिका सिल गरिएको छ। भारतको वनवासा हुँदै चैत ३१ गते दैलेख आएका एक ३५ वर्षीय पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो। 

    गाउँपालिकाले मंगलबार सूचना टाँस गर्दै सबै वडामा  मानिसको आवतजावत रोख्ने र बाहिरबाट कसैलाई पनि पालिका प्रवेश गर्न नपाउने बताएको छ। गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले छिमेकी नगरपालिका आठबिसमा कोरोना देखिएको भन्दै सर्वपक्षीय बैठकले गाउँपालिका सिल गर्ने निर्णय गरेको बताए।

    गाउँपालिकाले अर्को सूचना टाँस नगरेसम्मका लागि गाउँपालिका प्रवेश गर्ने सम्पूर्ण नाका सिल गरिएको बताएको छ। मेडिकलबाहेक गाउँपालिकाका सम्पूर्ण पसल व्यवसाय बैंकिङ क्षेत्र बन्द गर्ने निर्णय भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]