बैतडी : सुदूरपश्चिम प्रदेश प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। लकडाउनका कारण सवारी साधान र मानिसको चहलपहल नभएपछि प्रकृतिका ती सौन्दर्य झन् खुलेको छ।
विश्वमा कोरोना भाइरसको संक्रमण मानव समुदाय समस्यामा रहे पनि यो बेला प्रकृति भने झन् झन् सुन्दर बन्दै गएको छ। नेपालमा लकडाउन जारी भएको दुई महिना पुग्दा बैतडीको सुन्दरता खुलेको छ। विभिन्न प्रजातिका फूलहरु ढकमक्क फुलेका छन्।
लामो सयम घरमै थुनिएर रहेका जो कोहीलाई ती फूलहरुले प्रफुल्लित तुल्याउँछ। एकान्तवासको दिक्दारी मेटाउँछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।