शुल्कबारे निर्णय हुन बाँकी छ : स्वास्थ्य मन्त्रालय

|

काठमाडौं : सरकारले पिसिआर विधिमार्फत कोरोना परीक्षण गर्न १५ हजार शुल्क लाग्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो जो कोहिले पनि शुल्क तिरेर कोरोना परीक्षण गर्न पाउने नीतिगत निर्णय गरेपछि त्यसबारे भ्रमपूर्ण समाचार सम्‍प्रेषण भएको भन्दै मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सार्वजनिक स्वास्थ्य संस्थाहरुले शुल्क लिएर पिसिआर परीक्षण गर्न पाउने तर प्रयोगशाला कस्तो हुने, शुल्क कति लाग्ने, सुरक्षा प्रवन्ध कस्तो हुने भन्ने लगायतका विषयमा मन्त्रालयले निर्णय गर्न बाँकी नै रहेको बताए। 

संक्रमितको संख्या बढिरहेका बेला जसलाई छिटो परीक्षण गर्ने चाहाना छ, जो लाइनमा बस्न चाहनुहुन्न, त्यस्ता ब्यक्तिका लागि सशुल्क परीक्षण गर्न सकिने व्‍यवस्था मिलाइएको उनले स्पष्ट पारे। सरकारले कोरोना परीक्षणको दायरा बढाउदै लगेको भन्दै उनले कोरोना संक्रमितको पहिचान गर्ने एक मात्र विधि पिसिआरमार्फत अहिले देशका १८ वटा प्रयोगशालाबाट परीक्षण भइरहेको जनाकारीसमेत दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.