|

सिन्धुली : मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएका सिन्धुलीका महिलाको घर सिल गरिएको छ। कमलामाई नगरपालिका ९ भिमान पन्नेसी स्थायी घर भएकी उनको घरसँगै थप पाँच वटा घरसमेत सिल गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिए। 

ती २६ वर्षीया महिलालाई कोरोना संक्रमणको पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा छिमेकका पाँच वटा घरमा पनि उनी गएकी खुलेको हो। बुधबार दिउँसोबाट पाँच वटा घरमा रहेका ४१ जनालाई होम क्वारेन्टाइनमा बस्न भनिएको उनले बताए। 

अहिले प्रहरी चौकी भिमानबाट सुरक्षाकर्मीले सो क्षेत्रमा पहारा दिएको छ। 

मंगलवार संक्रमण पुष्टि ती महिला गत चैत १० गते घर आएकी र करिब डेढ महिना बसेर वैशाख २७ गते काठमाडौं फर्किएकी पाइएको छ। महिलाको घर परिवार र उनको सम्पर्कमा आएकाको बिहीबार पिसिआर परीक्षणका लागि स्वाब पठाइने शाहले बताए। सिन्धुलीमा अहिले स्वास्थ्य सतर्कता बढाइएको छ।

यस्तै मंगलबार सिन्धुली अस्पतालमा आरडिटी गरिएकाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा पठाइएको छ। ती ५० जनाको रिपोर्ट बुधबार साँझसमम आउने बताइएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.